महाशिला गाउँपालिकाद्धारा किसानलाई बर्खे फलफुलका विरुवा वितरण

78

पर्वत । पर्वतको महाशिला गाउँपालिकाले किसानलाई बर्खे फलफूलका बिरुवा वितरण गरेको छ। गाउँपालिकाले व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन विभिन्न प्रकारका बर्खे फलफूलका बिरुवा वितरण गरेको जनाइएको छ ।

किसानलाई सुन्तला, कागती,टिमुर, कफि,एभोकाडो लगायतका बर्खे फुलफुलका विरुवा वितरण गरेको कृषि शाखा प्रमुख सन्तोष धितालले बताउँनुभयो ।

उहाँका अनुसार गाउँपालिकाका ६ वटै वडाका किसानलाई मागका आधारमा ४२ सय कागती,३३ सय सुन्तला,२५ सय टिमुर, ८ सय कफि र तिन,तिन सय एभोकाडो र मेकाडियानटका गरि ११ हजार ४ सय विरुवा वितरण गरिएको छ ।
यहाँका किसानले परम्परागत खेती गर्ने गरेका छन्। किसानलाई अन्नबालीसँगै फलफूलतर्फ पनि आकर्षित गर्ने योजना गाउँपालिकाको रहेको धितालको भनाई छ । धितालले घरको आँगन, बारी र खाली जमिनमा बिरुवा लगाई किसानलाई व्यवसायिक र फलफुलमा आत्मनिर्भर गराउन बिरुवा वितरण गरेकोे बताउँनुभयो ।

गाउँपालिकाका ५ वडामा विरुवा वितरण गरिएको र पाखापानीमा बाटो अबरुद्धका कारण विरुवा वितरण गर्न बाकी रहेको कृषि शाखा प्रमुख धितालले बताउँनुभयो ।

[sidebar name="After post"]