पर्वत । गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोगमा सोर्डेक नेपाल र नवचेतना सामुदायिक विकास संस्थाले पर्वतको फलेवास नगरपालिकामा सञ्चालन गरेको एकिकृत सामुदायिक विकास परियोजनाको अनुगमन गरिएको छ ।
विहिबार फलेवास नगरपालिका वडा नं ७ र ८ मा कार्यक्रम सञ्चालन गरेका विद्यालय,स्वास्थ्य चौकी, कृषि फर्म र संहकारी संस्थामा जिल्ला समान्वय समिति पर्वतका प्रमुख विष्णुराम वि.क, फलेवास नगरपालिकाका उपप्रमुख शोभा कुमारी क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत क्रृषिराम आचार्य, शिक्षा इकाईका प्रमुख उद्धिमराज पौडेल, सामजिक विकास कार्यालयका प्रमुख मुना अधिकारी, स्वास्थ्य कार्यालय पर्वतका अन्जली रिञ्जाल ,कृषि ज्ञान केन्द्र पर्वतका संस्कृति सुवेदी, सोर्डेक नेपालका अध्यक्ष देवि प्रसाद तिम्लिसेना, नवचेतना सामुदायिक विकास संस्थाका अध्यक्ष गोपाल दास पौडेल, संस्थाका कर्मचारी,पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो ।
अनुगमनमा फलेवास नगरपालिका वडा नं ७ मा लाल प्रसाद रिञ्जालले सञ्चालन गरको मौरी व्यवसाय अनुगमन गरिएको छ । यस्तै जनज्योति मावि ठानामौलामा अवलोकनका क्रममा अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रियामा विद्यालयका प्रधानध्यापक विकास शर्माले विद्यालयमा संस्थाको तर्फबाट सञ्चालित कार्यक्रम र विद्यालयको वस्तुस्थितिका बारेमा जानकारी दिनुभयो ।
अनुगमनकै क्रममा ठानामौला स्वास्थ्य चौकीमा पनि अनुगमन गरिएको छ । अनुगमनमा स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्र पट्रेलले स्वास्थ्य चौकीमा सञ्चालित कार्यक्रमका बारेमा जानकारी दिनुभयो ।
त्यस्तै आज नै संस्थाले सहयोग गरेको दीपज्योति कफी सहकारी संस्थाको ९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बाल्दै कार्यक्रमका प्रमुख अतिथि विष्णुराम वि.कले सवै सहकारी संस्थालाई एकै नजरमा हेर्न नहुने बताउँनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले सहकारी हरेक नागरिकको सारथी भएको बताउँनुभयो ।
उपप्रमुख शोभा कुमारी क्षेत्रीले सहकारीले व्यवसायिक बनाउँन महत्वपुर्ण भुमिका खेल्ने बताउँनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख प्रसाकिय अधिकृत क्रृषिराम आचार्य वडा नं ७ का अध्यक्ष केशर पन्त लगायतका अन्य स्थानियले मनतव्य राखेका थिए ।
साथै सोही कार्यक्रममा फलेवास नगरपालिका वडा नं ७,८ र ९ मा संस्थाले सञ्चालन गरेका विभिन्न कामको सामजिक लेखा परिक्षणको प्रारम्भिक प्रतिवेदन पत्रकार महासंघ पर्वतका कोषाध्यक्ष डिल वहादुर वि.कले प्रस्तुत गर्नुभएको थियो ।
यस्तै अनुगमन टोलीले लिमिठाना मावि र लिमिठाना स्वास्थ्य चौकीको पनि अनुगमन गरेको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोगमा सोर्डेक नेपाल र नवचेतना सामुदायिक विकास संस्थाले सञ्चालन गरेका कार्यक्रम सग्रहमा प्रभावकारी देखिएको अनुगमनकर्ताले प्रतिक्रिया दिएका छन् ।
(थप भिडियो सामग्री)
https://www.facebook.com/100075897006834/videos/1039129464022710/
गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोगमा फलेवासमा सञ्चालित कार्यक्रमको अनुगमन
[sidebar name="After post"]





