कुश्मामा सुविधा सम्पन्न ‘स्वर्ग होटल’ सञ्चालनमा

97

पर्वत । पछिल्लो समय पर्वतको कुश्मा बजार पर्यटकीय हिसावले आकर्षित बन्दै गएपछि आवास र प्रविधियुक्त नयाँ होटलहरु सञ्चालन हुने क्रम बढेको छ । पर्वतको कुश्माबजार स्थित शिवालय चोकमा हालै ५ करोडको लागतमा स्वर्ग होटल सञ्चालनमा आएको हो ।
विगतमा स्वर्ग डिपार्टमेन्ट, स्वर्ग डेरी लगायतका उद्योग सञ्चालन गरेका सञ्चालक सुवासचन्द्र पौडेलले स्वर्ग होटल सञ्चालनमा ल्याएका हुन् । उक्त होटलको बुधबारदेखि शुभारम्भ भएको छ । पौडेलका अनुसार होटलमा विभिन्न प्रकृतिका १५ वटा पाहुना कोठा बनेका छन् भने तालिम हल, सामुहिक हल समेतको सेवा सञ्चालनमा आएको छ । पाहुना कोठामध्ये ग्राहकको माग अनुसार एसी, एट्याज बाथरुम लगायतका सेवा समेत थप गरिएको सञ्चालन पौडेलले बताए ।

कुश्मा बजारमा सञ्चालित होटल तथा रिसोर्ट मध्ये स्वर्ग होटलमा पाहुनालाई छुट्टै मनोरञ्जन दिलाउन प्रत्येक वालमा भित्तेलेखन तथा विभिन्न समुदायको संस्कृति झल्किने गरी आर्ट समेत गरिएको छ । जसअन्तर्गत पर्वतका विभिन्न पर्यटकीय स्थल लगत नेपालका लुम्बिनी, सगरमाथा, धरहरा लगायतका चर्चित स्थलहरुको सहित धार्मिक हिसावले बौद्ध, हिन्दु, मुस्लिम तथा अन्य समुदायको समेत पहिचान झल्किने गरी होटलका विभिन्न कोठा तथा प्यालेसमा चित्र कोरिएको सञ्चालक पौडेलले बताए । पौडेलका अनुसार होटलमा सामान्य परिवारको व्यक्ति देखि विशिष्ट परिवारका पाहुनाहरु समेत बस्न सक्ने गरी सर्वसुलभ रुपमा सेवा सञ्चालन गरिएको छ ।

पछिल्लो समय पर्वत जिल्ला पर्यटकीय गन्तब्यका रुपमा विकसित हुँदै गएपछि होटलहरु सञ्चालन हुने क्रम समेत बढ्दै गएको छ । पर्यटकीय स्थल हिमालपारीको जिल्ला मुस्ताङ पुग्नका लागि बाह्य जिल्लाबाट आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि पर्वतको कुश्मा बजार ट्रान्जिट नै बन्दै आएको छ । होटल व्यवसायमा स्वस्थ्य प्रतिस्पर्धा भएर पर्यटकको मन जित्न सकेमा समग्र पर्वतको पर्यटनलाई टेवा पुग्ने स्थानीय पर्यटन व्यवसायीहरुको अपेक्षा रहेको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here