पर्वत महोत्सवको अवसरमा बन्जि र जिपलाइन गर्नेका लागि विशेष छुट

296

पर्वत । सातौँ पर्वत महोत्सवको अवसरमा जिल्लामा रहेका हासिक खेल खेल्न चाहनेहरुलाई विशेष छुट हुने भएको छ । यही माघ ११ देखी २१ गते सम्म सञ्चालन हुन गइरहेको गण्डकी प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा सातौँ पर्वत महोत्सव अवधीभर खेल खेल्न चाहनेलाई विशेष छुट हुने भएको हो ।

सोमबार महोत्सवको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले जिल्लामा सञ्चालित बन्जि जप, स्विङ जिप लाईन, साइकलिङ लगायतका साहसिक खेलहरुमा महोत्सव अवधिभर छुटको व्यवस्था मिलाएको बताउँनुभयो । उहाँले भन्नुभयो, “हामीले बन्जि तथा जिपलाईन सञ्चालकसंग सहकार्य गरेर १० प्रतिशत छुट हुने व्यवस्था मिलाएका छौ । टिकट बुकिङको व्यवस्था महोत्सव स्थलमै हुनेछ ।” धिकारीले पछिल्लो समय पर्वत पर्यटकिय हव बन्दै गहिरहेको बताउँदै पर्यटन प्रवद्र्धनका लागि पर्वतमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउँन खोजी रहेको बताउँनुभयो ।

महोत्सवमा विश्वकै दोस्रो अग्लो बञ्जिजम्प, जिपफ्लाईङ्ग, कालीगण्डकी नदिमा ¥याफ्टीङ, नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, कुश्मा बलेवा यान्त्रिक पुल, गुप्तेश्वर र अलपेश्वर गुफाको अबलोकन गर्न सकिने छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here