‘यो तिम्रो याद पनि प्रेत भन्दा कम छैन’ (गजल, प्रेम मगर)

142

लेखक : प्रेम मगर, बागलुङ

यो तिम्रो याद पनि प्रेत भन्दा कम छैन
झस्काइरहन्छ बाचुन्जेल बेला बेलामा

अनायासै भत्काएर परेलीका डिलहरु
बगी जान्छ आँसुको भेल बेला बेलामा

प्रेमको मामिलामा जित भन्दा हार मज्जा
ए जिन्दगी , बनाई दे फेल बेला बेलामा

यार साथी मलाई दुखमा मात्रै सम्झिन्छौ
सुखमा पनि बनाउ सामेल बेला बेलामा

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here