पर्वत । अपराधीक कृयाकलपालाई निरुसाहीत गर्न पर्वतको कुश्मामा रहेको बँगैचा आमा समुहले कुश्मा नगरपालिका वडा नं ६ का विभिन्न ठाउँमा सिसि टिभि जडान गरेको छ ।
अपराधीक गतिविधीहरुलाई कन्ट्रोल गर्न, वढ्दो चोरी, लुटपाट, लागुऔषध नियन्त्रण गर्न र वडाको सुरक्षालाई चुस्तदरुसत राख्नआमा समुहले करिब ४ लाखको लगानीमा वडाको धनेश्वर चोक,बगैचा चोक बान्द्रेबिणी चोक र जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा गरी ५ वटा सिसि टिभी जडान गरेको छ ।
आमा समुहले आज एक कार्यक्रमका विच सिसि टिभिको मनिटर जिल्ला प्रहरी कार्यालय पर्वतलाई प्रदान गरेको छ ।
कार्यक्रममा कुश्मा नगरपालिकाका वडा नं ६ का अध्यक्ष इश्वर गिरीले वढ्दो अपराध नियन्त्रण कम गर्न यस कार्यले भुमिका खेल्ने बताउँदै सरकारले गर्नुपर्ने काम आमा समुहले गरेकोमा प्रशंसा गर्नुभयो ।
यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भुषालले बजार क्षेत्रलाई सुरक्षित राख्न र बिभिन्न प्रकारका अपराधिक गतिविधिको अनुसन्धानमा सिसि टिभी फुटेज प्रमुख प्रमाणका रुपमा रहने बताउँदै शान्ति सुरक्षा कायम राख्न आमा समुहले खेलेको भुमिका महत्वपुर्ण रहेको बताउँनुभयो ।
यस अघि सदरमुकाममा विभिन्न संघसंस्थाहरुले सिसि टिभी जडान गरे पनि अहिले ति सिसि टिभिले काम गरेका छैन्न । स्थानिय सरकारले समेत चासो नदेखाएको काममा आमा समुहको यो अग्रताले प्रशंसा पाएको छ ।
भिडिओ सामाग्री
https://fb.watch/tYxZ17vseH/





