पर्वतको दुर्लुङ स्थित देव-नारायण अक्षयकोषको छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम सम्पन्न

89

दुर्लुङ स्थित देव-नारायण अक्षयकोषको छैठौं वार्षिक कार्यक्रम एवं दित्तिय स्मृति कार्यक्रम सम्पन्न ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ स्थित देव-नारायण अक्षयकोषको छैठौं वार्षिक कार्यक्रम एवं दित्तिय स्मृति कार्यक्रम सम्पन्न भएको छ । सोमबार दुर्लुङमा एक कार्यक्रमको आयोजना गरि अक्षयकोषबाट समाजमा योगदान पुर्‍याएका समाजसेवी, कलाकार, पत्रकार, चलचित्रकर्मी तथा विद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य अर्जुन प्रसाद जोशीले स्वर्गीय देव बहादुर गुरुङ र नारायण प्रसाद गुरुङले समाजको विकासका लागि अतुलनीय योगदान पुर्‍याउनुभएको बताउदै समाजसेवी व्यक्ति सधैं स्मरणमा रहने बताउनुभयो । सामाजिक कार्यमा क्रियाशिल देव-नारायण अक्षयकोषले समाजमा सकारात्मक प्रभाव पारेको बताउदै अक्षयकोषले समग्र क्षेत्रलाई समेटेर पुरस्कृत र सम्मान गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो ।
२०७४ सालमा स्थापित देव- नारायण अक्षयकोषबाट निस्वार्थ विभिन्न सामाजिक कार्यहरू गर्दै आएको अक्षयकोषका अध्यक्ष प्रीतम गुरुङले जानकारी दिनुभयो ।
समाजमा सकारात्मक सन्देश दिनका लागि कला, साहित्य, सांस्कृतिक, शैक्षिक एवम् सामाजिक कार्यमा क्रियाशिला सामाजिक अभियान्त, कलाकार, खेलाडी र विद्यार्थीहरुलाई सम्मान गर्दै आएको उहाँले बताउनुभयो । यस कार्यले सम्मानित व्यक्तिहरुलाई आफ्नो कार्यक्षेत्रमा क्रियाशिल हुन थप हौसला र प्रेरणा मिल्ने गुरुङले विश्वास व्यक्त गर्नुभयो ।
समाजमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई विगतका बर्षहरुमा पनि पुरस्कृत तथा सम्मान गरिएको र यो बर्ष पनि उक्त कार्यलाई निरन्तरता दिएको गुरुङको भनाइ छ ।

कार्यक्रममा स्थानीय समाजसेवी कुल प्रसाद पाध्याले स्वर्गीय ल्याप्टेन देव बहादुर गुरुङ र स्वर्गीय नारायण प्रसाद गुरुङले समाजमा पुर्‍याउनुभएको योगदान र उहाँहरुको जिवनीका बारेमा चर्चा गर्नुभएको थियोे ।
कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य तथा जिविस पर्वतका पुर्व सभापति इच्छा बहादुर गुरुङ, नेपाली कांग्रेस पर्वतका उपसभापति डा. चुडामणी शर्मा र शिव प्रसाद सुवेदी, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य याम बहादुर मल्ल (रामकृष्ण), राप्रपा पर्वतका अध्यक्ष प्रभु गुरुङ, गण्डकी प्रदेशका उद्योग पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंङ गुरुङ,अमरटिका प्रतिष्ठान नेपालका अध्यक्ष विश्व प्रकाश प्रसाइ, नेपाली कांग्रेस महासमिति सदस्य बसन्त बहादुर सिके,नेपाली कांग्रेस पर्वत क्षेत्र नं. १ का सभापति राजकुमार क्षेत्री,नेपाली काग्रेस कुश्मा नगर सभापति किशोर भण्डारी, कुश्मा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष परशुराम पुरी, दुर्लुङका वडा सदस्य महेन्द्र गुरुङ, गुरुङ चलचित्रका नायक भिम गुरुङ, भोजराज गुरुङ, दुर्लुङ-पोखरा समाजका अध्यक्ष बाबुराम शर्मा, संचारकर्मी खिम माया गुरुङ र ठाकुर रसाइली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
कार्यक्रममा नेपाली कांग्रेस पर्वतका पुर्व सभापति खिम प्रसाद भुसाल,गण्डकी प्रदेशका उद्योग पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंङ गुरुङ, गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङ, गुरुङ चलचित्रका नायक भिम गुरुङ र भोजराज गुरुङ, नायिका कृष्टी गुरुङ, स्नातकोत्तर उत्तीर्ण सकुन्तला शर्मा, पत्रकार खिममाया गुरुङ, रोशन तिवारी र ठाकुर रसाइली, गण्डकी प्रदेशका भलिबल संघका अध्यक्ष नवीन गुरुङ र भलिबल खेलाडी हिमाल सुनारी मगरलाई सम्मान गरिएको छ । त्यस्तै माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यवसायीक माबिबाट सामुदायिक बिद्यालयतर्फ २०७९ सालको एसईइमा जिल्लामै उत्कृष्ट अंक ल्याउने अंकित गौडेल लगायत जिल्लाका विभिन्न बिद्यालयका गरिब, जेहेन्दार तथा उत्कृष्ट नतिजा ल्याएका १२ जना विद्यार्थीहरुलाई पुरस्कृत र सम्मान गरिएको छ ।उक्त कार्यक्रमका अवसरमा देव-नारायण अक्षयकोषबाट एम्बुलेन्स खरिदका लागि दुर्लुङ-पोखरा समाजलाई १० हजार सहयोग गरिएको छ ।

देव-नारायण अक्षयकोषका अध्यक्ष प्रीतम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार लेख बहादुर गुरुङको धन्यवाद मन्तव्य र कार्यक्रमको संचालन अक्षयकोषका सचिव उत्तम प्रसाद अधिकारीले गर्नुभएको थियो ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here