महाशिला गाउँपालिकामा स्थापना दिवसको अवसरमा असार २५ गते सार्वजनिक बिदा

14

पर्वत— पर्वतको महाशिला गाउँपालिकाले गाउँपालिकाको स्थापना दिवसको अवसरमा २०८३ साल असार २५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले सोमबार सूचना जारी गर्दै स्थापना दिवसलाई औपचारिक रूपमा मनाउने नीति तथा कार्यक्रमअनुसार गाउँपालिका क्षेत्रभित्रका सबै सरकारी तथा सामुदायिक संस्थामा उक्त दिन सार्वजनिक बिदा कायम गरिएको जनाएको हो ।

महाशिला गाउँपालिकाका अनुसार गाउँसभाको पहिलो बैठक सम्पन्न भएको ऐतिहासिक दिन असार २५ गते लाई यस वर्षदेखि प्रत्येक वर्ष गाउँपालिका स्थापना दिवस का रूपमा मनाइनेछ । सोही अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिने भएकाले सार्वजनिक बिदा घोषणा गरिएको सूचनामा उल्लेख छ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार गाउँपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय तथा सामुदायिक संस्थाहरूमा असार २५ गते सार्वजनिक बिदा लागू हुनेछ ।

निमिक्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष विकद्वारा हस्ताक्षरित सूचनामा स्थापना दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा सबै सरोकारवालाको सहभागिताका लागि अनुरोध समेत गरिएको छ ।

[sidebar name="After post"]