महाशिला गाउँपालिका स्तरीय बाल सञ्जाल तथा स्काउट सञ्जाल गठन, बाल अधिकार सुनिश्चिततामा जोड

5

पर्वत । महाशिला गाउँपालिका स्तरीय बाल सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम बुधबार महाशिलामा सम्पन्न भएको छ।

कार्यक्रममार्फत प्रकृति सुवेदीको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका स्तरीय बाल सञ्जाल गठन गरिएको छ।
नवगठित बाल सञ्जालको उपाध्यक्षमा चित्रकुमारी नेपाली, सचिवमा सृष्टि शर्मा चयन हुनुभएको छ। सदस्यहरूमा कृष्टिना गुरुङ, सुजेन्द्र राना, आकाङ्क्षा गुरुङ, वर्षा पौडेल, ऋतु सुमै, सन्देश नेपाली, सुप्रिया सुनार, रोजन विक, प्रवेश सुनार लगायत रहनुभएको छ।

त्यसैगरी, स्मृति गुरुङको अध्यक्षतामा महाशिला स्काउट सञ्जाल गठन गरिएको छ। स्काउट सञ्जालको उपाध्यक्षमा आशिष पौडेल, सचिवमा मनकुमारी थापा तथा सदस्यहरूमा क्रिश पौडेल जैसी, बित्सन पौडेल, अस्मिता परियार र युनिस चपाई चयन हुनुभएको छ।

कार्यक्रममा दुवै सञ्जालका कार्यसमितिलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालले बाल अधिकार सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले महाशिला गाउँपालिकाले अनाथ तथा आर्थिक अभावका कारण शिक्षा हासिल गर्न नसकेका बालबालिकाका लागि निःशुल्क शिक्षाको व्यवस्था गरेको जानकारी दिनुभयो।

बाल अधिकार तथा क्षमता अभिवृद्धि सम्बन्धी अभिमुखीकरण कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले गर्नुभएको थियो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनसुवा विक, वडा नं. ५ का अध्यक्ष चन्द्रबहादुर मल्ल, स्थानीय स्काउट आयुक्त भवराज शर्मा, बाल संरक्षक सबिता तिमिल्सिना, नीरबहादुर थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत स्वास्थ्य शाखा प्रमुख नरबहादुर बरालले गर्नुभएको थियो भने सञ्चालन बेलबहादुर परियारले गर्नुभएको थियो।

[sidebar name="After post"]