स्काउट महाशिलाद्वारा एसइई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने  काफ्ले सम्मानित

292

पर्वत — माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा महाशिला गाउँपालिकाभित्र उत्कृष्ट ३.८५ जीपीए प्राप्त गर्न सफल जनबिकास माध्यमिक विद्यालय महाशिला ४ की छात्रा गौरी काफ्ले सम्मानित भएकी छन्।

महाशिला स्काउटले आयोजना गरेको एक कार्यक्रममा स्काउटमा आबद्ध रहेकी काफ्लेलाई सम्मान गरिएको हो।

कार्यक्रममा महाशिला गाउँपालिकाका उपाध्यक्ष धनसुवा वि.कले काफ्लेलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गर्दै बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।

उत्कृष्ट शैक्षिक उपलब्धिसँगै स्काउट गतिविधिमा समेत सक्रिय सहभागिता जनाउँदै आएकी काफ्लेको सफलताले अन्य विद्यार्थीलाई पनि प्रेरणा मिल्ने महाशिला गाउँपालिका स्काउट आयुक्त भवराज शर्माले बताउनुभयो ।

महाशिला स्काउटले शिक्षा र अनुशासनमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्न यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

[sidebar name="After post"]