पर्वत । पर्वतको महाशिला गाउँपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरूका लागि निःशुल्क ग्रेड बृद्धि तयारी कक्षा सञ्चालन गर्ने भएको छ।
गाउँ कार्यपालिकाको निर्णयअनुसार पालिकाभित्रका माध्यमिक विद्यालयबाट (SEE) मा सहभागी भई ग्रेड सुधार गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै पूर्ण आवासीय सुविधा सहित तयारी कक्षा सञ्चालन गर्न लागिएको हो।
पालिकाका अनुसार कक्षा जेठ ३ गतेदेखि जेठ ३० गतेसम्म सञ्चालन हुनेछ। तयारी कक्षा श्री सूर्य माध्यमिक विद्यालयमा सञ्चालन गरिने जनाइएको छ।
विद्यार्थीहरूको शैक्षिक उपलब्धि सुधार गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त कार्यक्रममा SEE ग्रेड बृद्धि परीक्षामा समावेश हुने सबै विषयको तयारी गराइनेछ।
पालिकाले सम्बन्धित विद्यालय तथा सरोकारवालालाई विद्यार्थीहरूलाई समयमै जानकारी गराई आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्न अनुरोध गरेको छ।





