राष्ट्रिय स्वतन्त्र पार्टीको घरदैलो महाशिलामा तीव्र

381

पर्वत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घरदैलो कार्यक्रम महाशिला गाउँपालिकामा तीव्र रुपमा अघि बढिरहेको छ। प्रतिनिधि सभा सदस्य उम्मेदवार सागर भुसालसहितको टोली महाशिलाका विभिन्न वडामा पुगेर मतदातासँग भेटघाट गर्दै समर्थन मागिरहेका छन्।

नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपालाई विजयी बनाउन उम्मेदवार भुसालले मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास, सुशासन र पारदर्शिताका प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलो कार्यक्रमका क्रममा उनले स्थानीय समस्या, आवश्यकता र जनचासोका विषयमा सुझाव समेत संकलन गरिरहेका छन्।

घरदैलो अभियानकै क्रममा महाशिला गाउँपालिका वडा ४ मा ७५ प्रतिशत घरधुरी रास्वपामा प्रवेश गरेको महाशिला गाउँपालिका पार्टी सभापति विरेन्द्र मल्लले जानकारी दिएका छन्। पार्टीले घरदैलो कार्यक्रमलाई अझै तीव्र बनाउँदै गाउँपालिकाका सबै वडामा पुग्ने योजना बनाएको जनाएको छ।

[sidebar name="After post"]