पर्वत महोत्सवमा आज अस्मिता अधिकारी गुन्जिने

36
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"square_fit":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

पर्वत । पर्वत उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भइरहेको आठौं पर्वत महोत्सवको तेस्रो दिन आज चर्चित गायिका अस्मिता अधिकारीको विशेष प्रस्तुति रहने भएको छ।

लोकप्रिय आधुनिक तथा लोकधुनका गीतमार्फत दर्शक–श्रोतामाझ व्यापक लोकप्रियता कमाएकी अधिकारीको प्रस्तुति महोत्सवको आजको मुख्य आकर्षणका रूपमा रहेको आयोजकले जनाएको छ।

अस्मितासंगै चर्चित जनवादी गायक बद्री पंगेनी,गायिका इन्द्र गुरुङ,गायक शिवहरी ढुंगाना,गायक युवाराज भुसाल लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

महोत्सव अवधिभर स्थानीय उत्पादनको प्रवर्द्धन, सांस्कृतिक पहिचानको संरक्षण तथा पर्यटन विकासलाई प्राथमिकता दिइएको आयोजकको भनाइ छ।

[sidebar name="After post"]