पर्वत पर्वत उद्योग वाणिज्य संघको आयोजनामा पौष ९ गतेदेखि सुरु भएको आठौँ पर्वत महोत्सवमा मोदी गाउँपालिकाका स्थानीय उत्पादनहरूको बिक्री–वितरण भइरहेको छ।
महोत्सव स्थलमा स्थानीय घरेलु तथा साना उद्यमीहरूले उत्पादन गरेका ढाका तथा अल्लोका कपडा, लप्सीका विभिन्न परिकारहरू ‘मोदी कोसेली तथा सौगात घर’ मार्फत बिक्रीमा राखिएका छन्।
यसले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै उद्यमीहरूको आम्दानी वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
(भिडियो सामाग्री ) https://www.facebook.com/share/v/16ap1ujDXS/





