महाशिला लुंखुमा तिज मेला: १ लाख बढी  पुरस्कार राशीको भलिबल प्रतियोगिता

301

पर्वत ।  पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुंखु देउरालीमा तिज मेला हुने भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा स्थानीय सदाबहार युवा क्लबले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि भदौ ६ देखि १० गते सम्म मेला आयोजना गरिएको सचिव बिरेन्द्र मल्लले जानकारी दिनुभयो ।

मेलामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, तिज गित प्रतियोगिता, नृत्य प्रतियोगिता लगायत अन्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

भलिबल प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११,द्वितीय हुनेले ५५ हजार ५ सय ५५,तृतीय हुनेले,२२ हजार २  सय २२ र सान्त्वना हुनेले ११ हजार १ सय ११ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । भलिबल प्रतियोगितामा वडा बाहिरको २ खेलाडी समावेश गर्न सकिने आयोजकले बताएको छ ।

यस्तै तिज गित प्रतियोगितामा प्रथम हुने समुहले १५ हजार,द्वितीय हुने समुहले १० हजार र तृतीय हुने समुहले ५ हजार साथमा प्रमाण पत्र प्राप्त गर्ने छन ।

यसैगरी नृत्य प्रतियोगितामा प्रथमले १० हजार,द्वितीयले ७ हजार,तृतीयले ५ हजार र सान्त्वनाले २ हजार प्राप्त गर्ने छन ।
मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने सचिव बिरेन्द्र मल्लले जानकारी दिनुभयो ।

खेलकुदको विकास र स्थानीय प्रतिभाको प्रोत्साहनका लागि मेला आयोजना गरिएको बताउँदै क्लबका अध्यक्ष दिपेन्द्र जैशीले मेला सफल बनाउन सबैमा अपिल गर्नुभएको छ ।

[sidebar name="After post"]