दशैंमा कुस्माको बान्द्रेवेणी चौरमा भव्य लाइभ कन्सर्ट 

196

पर्वत । पर्वतको सदरमुकाम कुश्मा स्थित शिवालय युवा विकास मञ्चले यस वर्षको दशैंको अवसरमा भव्य लाइभ कन्सर्ट आयोजना गर्ने भएको छ। स्थानीय संस्कृति, कला र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागेको मञ्चका अध्यक्ष सविधान गिरीले जानकारी दिनुभयो ।

“बान्द्रेवेणी चौर संरक्षण हाम्रो अभियान, प्रकृती,संस्कृति र भविष्य का लागि हाम्रो संकल्प” भन्ने नाराका साथ मन्चले असोज ११ गते कन्सर्टको आयोजना गरेको हो ।

शिव मन्दिर कुश्मामा आज एक कार्यक्रमको आयोजना गरी कन्सर्टको बारेमा जानकारी दिदै  पोस्टर सार्वजनिक गरिएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कुश्मा नगरपालिका वडा नं ६ का अध्यक्ष  इश्वर गिरीले मञ्चले गर्न लागेको कार्यक्रम अनुकरणीय रहेको बताउनुभयो ।उहाले युवा शक्ति नै अहिलेको आवश्यकता भएको बताउदै यस्ता कार्यक्रमले युवालाई जागरुक बनाउने बताउनुभयो । गिरीले युवाले गरेको काममा आफू सधै साथमा रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्थानीय तथा राष्ट्रियस्तरका ख्यातिप्राप्त  ब्याण्ड द एक्स, रिडम म्युजिक ग्रुपसंगै अन्य कलाकारहरूको प्रस्तुति  रहनेछ। साथै, कार्यक्रममार्फत संकलित रकम सामाजिक तथा सामुदायिक विकासका विभिन्न क्षेत्रमा खर्च गरिने आयोजकले जनाएको छ ।

दशैंको उत्सवलाई अझ रमाइलो र अर्थपूर्ण बनाउन आयोजित यस कन्सर्टमा युवादेखि बृद्धसम्मको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ। मञ्चले सम्पूर्ण सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई सांगीतिक आनन्द लिन आग्रह गरेको छ । साथै आज नै मञ्चको आयोजनामा समस्त समाज कल्याणको हेतुले विशेष धार्मिक कार्यक्रम समेत गरेको छ ।

[sidebar name="After post"]