नेपाल निजामती कर्मचारी संगठन महाशिलाको दोस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा अधिकारी

212

पर्वत । नेपाल निजामती कर्मचारी संगठन महाशिलाको अध्यक्षमा रमेश अधिकारी सर्वसम्मत निर्वाचित भएका छन । शनिबार महाशिला ५ लुंखुमा सम्पन्न गाउँपालिकाको दोस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो ।
समितीको उपाध्यक्षमा हुमाकान्त पौडेल,सचिवमा विमल रिजाल ,कोषाध्यक्षमा सरस्वती पौडेल चयन भएका छन् ।
यस्तै सदस्यहरुमा चमेली केसी,लक्ष्मी सुनार,प्रकाश थापा मगर,छवि नेपाली,वेल बहादुर दर्जी,लक्ष्मी राना,शिव प्रसाद सापकोटा,वोल प्रसाद,अधिकारी,पास्ङ्ग गुरुङ लगायत चयन भएका छन ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी महाशिला गाउँपालिका अध्यक्ष एवम् एमाले नेता इस्वरी प्रसाद भुसालले कर्मचारीले नागरिकहरुको हितमा  शुसासन सहितको सेवा प्रदान गर्न अनुरोध गरे । उनले कर्मचारीहरुले स्पष्ट विचारमा रहेर सक्रिय हुन तथा नागरिकहरुको सेवामा सम्झौता नगर्न अनुरोध गरे ।
अध्यक्ष मण्डलका अध्यक्ष एवम् नेपाल निजामती कर्मचारी संगठन पर्वतका उपाध्यक्ष सन्तोष वि.कको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनको संचालन विमल रिजालले गरेका थिए ।

[sidebar name="After post"]