पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुंखुदेउँरालीमा मिनीटेलर मर्मत सम्बन्धी पन्ध्र दिने तालिम विहिबार सम्पन्न भएको छ । व्यवसायीक सिप विकास तालिम केन्द्र पर्वतको आयोजना र महाशिला गाउँपालिकाको समन्वयमा तालिम सम्पन्न भएको हो । तालिममा गाउँपालिकाका ६ वडाका २४ जना युवाहरुको सहभागिता रहको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालले पछिल्लो समय मिनिटेलरको प्रयोग बढेकाले यस तालिमलाई हल्का रुपमा नलिई ज्ञानसीप सिक्ने अवसरको रुपमा लिन आग्रह गर्नुभयो ।
भुसालले तालिममा सहभागीहरुलाई आवश्यक मर्मत सामाग्री गाउँपालिकाले उपलब्ध गराउँने प्रतिबद्धता व्यक्त गर्दै सिकेको सिपलाई व्यवसायिक बनाउँनुपर्नेमा जोड दिनुभयो ।
भुसालले महाशिला गाउँपालिकाले संचालन गरेका युवा लक्षित व्यवसायीक तथा स्वरोजगार कार्यक्रममा सहभागी हुन सम्पुण युवाहरुलाई आग्रह गनुभयो ।
सभागीहरुलाई गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा महाशिला गाउँपालिका वडा नं ५ का अध्यक्ष चन्द्र बहादुर मल्लले मनतव्य राख्नुभएको थियो ।व्यवसायीक सिप विकास तालिम केन्द्र पर्वतका प्रमुख मोहनचन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन महाशिला गाउँपालिका वडा नं ५ का कार्यालय साहयक भगवती पन्तले गर्नुभएको थियो ।





