बालकोट दशैँ मेलाले पर्यटनमा जगाएको आशा

267

‘आधिँखोला तरेर लुंखु झरेर आउँदै गर्नु बालकोट बस्ने गरेर’

पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं ३ बालकोट पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो । यहाँबाट देखिने हिमशृङखला, अग्ला पहाड, वनजङ्गल, ऐतिहासिक धार्मिकस्थल र विभिन्न जातजातिका विविधतायुक्त कलासंस्कृति, यहाँको रहनसहन र जीवनशैलीले जोकोहीको मन लोभ्याउँछ ।
सुन्दरताले भरिपुर्ण बालकोटमा सोचे जस्तो पर्यटक भने भित्रिन सेकेका छैन्न् । मुख्यत प्रचारप्रसार हुन नसक्दा यो ठाउँ ओझेलमा परेको जानकारहरु बताउँछन् ।

‘पर्वत बालकोट’ बोलको गितले यो ठाउँको पहिचान र प्रचारप्रसारमा केही मात्रमा टेवा पु¥याए पनि अरु गतिविधि भने केही हुन सकेका थिएन्न् । तर, पछिल्लो समय भने यहाँका युवाहरु स्थानिय कला संस्कृतिको जर्गेनासंगै पर्यटन प्रबद्र्धनमा जुटेका छन् ।

कला, संस्कृति, पर्यटन तथा कृषि क्षेत्रको प्रर्वधनका लागि बालकोट युवा क्लबले गत असोज २८ र २९ गते राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको साथमा दोस्रो बालाकोट दशै मेला सम्पन्न गरेको छ । बालकोट गाउँको शिरमा रहेको मुसरवारी डाँडामा मेला सम्पन्न भएको हो । विशेषता यो ठाउँको प्रचारप्रसारका लागि मेला आयोजना गरिएको मेलाका कार्यक्रम संयोजक लाल प्रसाद गुरुङले बताए । उनले यती सुन्दर ठाउँभएर पनि प्रचारप्रसारकै आभावका कारण ओझेलमा परेको भन्दै  मेला संचालन गरिएको बताए । । गुरुङले भने, ‘मेला अवधिभर त पर्यटकको चहलपहल हुन्छ नै मेला सकिए पछि पनि मेलाकै कारण यहाँ घुम्न आउँनेको संख्या बढेको छ ।’ उनले स्थानिय सरकार र आफुहरु जस्ता युवाहरुको सहकार्यमा यहाँको पर्यटन प्रबद्र्धनसंगै स्थनिय उत्पादनको बजारीकरणमा जोड दिनुपर्ने बताए ।

बालकोटका युवाहरु एकजुट भएर बालकोट स्थित पात्ले,घन्तरे,काफालडाडा,खोरेडाडा,दियालिडाडा,निगालि,हिरूखर्कढुंगे,बाटे,कोलडाडा,सित्ले,दह,लगाएतका टोललाई समेटेर बालाकोट युवा क्लब नामकरण गरि २०८० मा स्थापित गरि प्रथम बालाकोट दशैँ मेला २०८० र दोस्रो बालाकोट दशै मेला २०८१ भब्यताका साथ सम्पन्न भएको महाशिला खबर डट मार्फत प्त्यक्ष प्रसारण मार्फत देखाईएको थियो। बालाकोट मुसुरवारी डाँडामा लाल प्रसाद गुरूङको आफ्नै ब्यक्तिगत लगानिमा २०७६ फाल्गुन २५ गते साँझ लाईभ कन्सर्ट र फाल्गुन २६ गते सफल प्याराग्लाईडि उडान गरि मेलाको सुरूवात गरेको थियो ।
गाउँ छाडेर गएकाहरुलाई मेला हेर्न कै लागि भए पनि गाउँ फर्कने महोल मिलाउँन मेलाले मदत पुर्याएको कार्यक्रम संयोजक गुरुङले बताए ।


मेलामा राखिएको लिङ्गे पिङ,चर्के पिङ र मुसरवारी डाँडाबाट उडाइएको प्याराग्लाइडिङले मेलामा थप रौनकता थपेको थियो ।

मेलामा चर्चित लोक तथा दोहोरी गायक श्याम राना,चिज गुरुङ,मिना लामा, मन्जु बि.क,गगन सिंह गुरूङ,धन बहादुर गुरूङ,ममता गुरूङ,दिपक गुरूङ सुसिल गुरूङ,निनल गुरूङ, लगायतका कलाकारहरुले सांगितिक प्रस्तुती राखेका थिए ।


बालकोट युवा क्लबले आयोजना गरेको बालकोट दशैँ मेलाले बालकोट र समग्र महाशिलाको पर्यटनमा नयाँ आशा जगाएको छ । पर्वतको सदरमुकाम कुश्मा बजारबाट केही टाढा रहेको बालकोट नयाँ पर्यटकीय गन्तव्यका रूपमा लिन सकिने छ ।
यहाँ आउने पर्यटकका लागि स्थानीय घरमा बस्ने व्यवस्था गरिएको छ । यहाँ आउने पाहुनालाई स्थानीय उत्पादनका तरकारी, लोकल कुखुराको मासु,सुकुटी, गुन्द्रुकको अचारलगायत पाहुनाले रोजेका परिकार खुवाउने गरेको स्थानीयले बताए ।

बालकोटको मुसरवारी,बालारानी सिद्धको मन्दिरसंगै यहाँ आउँने पर्यटक एशिकै ठुलो शिला महाशिला, पैयुकोट, देविथान चिसापानी, गोल्यामधाम लागयतका पर्यटकिय स्थानमा पुग्न सकिने छ ।

[sidebar name="After post"]