पर्वत । पर्वत फोटोग्राफर संघको बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार कुश्मामा पोखरा फोटोग्राफर संघका नवनिर्वाचित सदस्यलाई बधाई तथा शुभकामना प्रदान गरिएको हो ।
गत भाद्र २९ गते निर्वाचित पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङ सहित संघका पदाधिकारी र सदस्यलाई मायाको चिनो र संस्थागत सम्मानले बधाई तथा शुभकामना प्रदान गरिएको थियो, भने पोखरा फोटाग्राफर संघले पनि नवनिर्वाचित पर्वत फोटोग्राफर संघको कार्यसमितिलाई बधाई तथा सम्मान प्रदान गरेको थियो ।
पर्वत र पोखरा फोटोग्राफर संघको सम्बन्धलाई थप बलियो बनाउँन कार्यक्रम आयोजना गरिएको पर्वत फोटोग्राफर संघका अध्यक्ष विजय शर्मा जैशीले बताउँनुभयो । उहाँले पर्वत र पोखरा फोटोग्राफर संघ विचको सम्बन्ध नङ र मासुको जस्तै रहेकाले एक अर्कामा सिकाई आदान प्रदान गर्दै फोटोग्राफरहरुको हकहितमा लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेलले नवनिर्वाचित सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै पोखरा र पर्वतका फोटोग्राफरहरुको आत्मीयता देखेर खुशी लागेको बताउँनुभयो । उहाँले यस्ता कार्यक्रम अरु संघ संस्थाले पनि सिको गर्नुपर्ने बताउँनुभयो । पौडेलले पर्वत फोटोग्राफर संघले पर्वतको पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण भुमिका खेलको बताउँदै आगमी दिनमा पर्वत उद्योग वाणिज्य संघ र फोटोग्राफर संघ विच सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पर्वत फोटोग्राफर संघका निवर्तमान अध्यक्ष नारायण बहादुर केसी,पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङ, फोटोग्राफर मुकुन्द शाक्य,पोखरा पोटोगा्रफर संघका निवर्तमान अध्यक्ष रामचन्द्र पोखरेल,पुर्व अध्यक्ष जनक तिवारी, सदस्य रिता बराल,पत्रकार अजुन थापा पर्वत फोटोग्राफर संघ पर्वतका महिला उपसमिति सदस्य जीवन कुमारी शर्मा लगायतले मनतव्य राख्नुभएको थियो ।
फोटोग्राफर संघ पर्वतका अध्यक्ष विजय शर्मा जैशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष सुरेश रेग्मी र संचालन सचिव नारायण पौडेलले गनुभएको थियो ।





