आर्थिक अभावमा चुवाका मृगौला पीडित भण्डारीको उपचारमा समस्या, सहयोगको अपिल

28

पर्वत–पर्वतको कुश्मा नगरपालिका–८,चुवाका विजय भण्डारी उमेरले २५ वर्षको मात्र भए । बा आमा र भाईलाई सुख कटाउँन आफ्ना सपना पुरा गर्न विदेश जाने तयारीमा थिए । विदेशका लागि क्रोशियाबाट पहिलो लेटर आइसकेको थियो । जिवनमा कति बेला के हुन्छ कसलाई नै थाह छ र भरखर लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा विजयले केही दिन अघि मात्र आफ्नो दुबै मृगौला फेल भएको थाह पाए । हजारौ सपना सजाएका विजय अहिले जिवन र मृत्युसंग लडिरहेका छन् । उनलाई लाग्छ अस्पतालको शैयामा नै आफ्ना सपनाहरु अस्ताउँने हुन की दुबै मृगौला फेल भएपछि आर्थिक अभावका कारण उनको उपचारमा समस्या भएको छ । घरको आर्थिक अवस्था अति कमजोर भएका कारण छोराको उपचारमा समस्या भएपछि उनका बुबा शेर बहादुर क्षेत्रीले सहयोगको अपिल गर्नुभएको छ ।
घरको आर्थिक अवस्था नाजुक छ, छोराको उपचारका लागि सहयोगी मनका धनिहरुसँग सहयोगको लागि हारगुहार गर्नुको विकल्प भएन, उहाँले दुखेसो गर्नुभएको छ ।
विजयको अहिले पर्वत अस्पतातमा मृगौलाको डायलसिस भइरहेको छ । आर्थिक सहयोग पाएमा छोराको उपचारमा ठूलो राहत हुने बताउदै विजयको परिवारले सबैसँग सहयोगको अपिल गरेका छन् । विजय भन्छन् म बाच्न चाहान्छु, सहयोग गरि मलाई बचाइदिनुहोस ।” मृगौला पीडित विजयका भाइ अजयले भक्कानिदै भन्नुभयो ” मृगौला प्रत्यारोपणका लागि आमा र दिदि दाइलाई मृगौला दिन तयार हुनुहुन्छ,तर त्यसका लागि १५÷२० लाख रकम चाहिने रहेछ । हामीसँग पैसा छैन, त्यतिधेरै रकम कसरी जोहो गर्ने हो ।” आ–आफ्नो ठाउँबाट जतिसक्दो सहयोग गरि दाइलाई बचाइदिन उहाँले अपिल गर्नुभएको छ । देश बिदेशमा रहेका सबै सहयोगी महानुभावहरुलाई उहाँले सहयोग गरिदिन आग्रह गर्नुभएको छ
सहयोगका लागि सम्पर्क तथा बैंक खाता विवरण
मृगौला पीडित विजयका बुबा शेर बहादुर क्षेत्री –९८४७७३६५९०
( महाशिला खबर डटकम ९८५७६७५१०२

[sidebar name="After post"]