महाशिला गाउँपालिकाको बेरूजू शून्य: हुन सक्छ नेपालकै उत्कृष्ट; नेपालभरि ३ स्थानिय तह: गण्डकिमा महाशिला मात्र

220

पर्वत । पर्वतको महाशिला गाउँपालिका आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणमा शून्य बेरूजू कायम गर्ने स्थानिय तह बनेको छ ।

उक्त आर्थिक वर्षको गाउँपालिकाको आय र व्ययको कूल रकम रू ८१ करोड ८४ लाख ६३ हजारको लेखापरीक्षणको सिलसिलामा कुनै पनि रकम अनियमित वा कैफियतको नदेखिएको हो ।

महालेखापरीक्षको ६३ ओैं प्रतिवेदनमा उल्लेख भए अनुसार नेपालभरिबाट लेखापरीक्षण भएका कूल ७२१ स्थानिय तहहरूमध्ये शून्य बेरूजू हुनेमा महाशिला गाउँपालिका बाहेक काभ्रेपलान्चोकको महाभारत गाउँपालिका र गुल्मिको धुर्कोट गाउँपालिका रहेका छन ।

“२०८०/८१ को बेरूजूमध्येबाट समेत करिब १ करोड ३३ लाख सम्परिक्षण गरेका छौं, त्यो तत् बेलाको बेरूजूको करिब ९० प्रतिशत हो, त्यस हिसाबमा सम्परीक्षणका कोणबाट ३ मध्येमा समेत सर्वोत्कृष्ट हुने सम्भावना छ” प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेयले बताए ।

कार्यालयले यस सम्बन्धमा धन्यवाद पत्र प्रकाशित गरि सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गर्नुका साथै आगामि समयमा समेत यस्तै नतिजाका लागि प्रतिबद्दता जनाएको छ ।

[sidebar name="After post"]