बालकोटको मुसुराबारी डाँडामा बढ्दै आन्तरिक पर्यटकको आकर्षण

4
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1,"square_fit":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

पर्वत — महाशिला गाउँपालिका वडा नं. ३ बालकोटमा रहेको मुसुराबारी डाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो डाँडा पर्यटनको दृष्टिले उच्च सम्भावना बोकेको गन्तव्यका रूपमा चिनिन थालेको हो।

पर्वत सदरमुकाम कुश्मा बजारबाट छोटो दूरीमै अवस्थित मुसुरबारी डाँडामा पुग्नेबित्तिकै हरियाली दुबोले ढाकिएको खुला डाँडो र वरपरका मनोरम दृश्यहरूले आगन्तुकलाई लोभ्याउने गर्दछ। यहाँबाट लुंखु, पाखापानी, अर्गाउँदी, पैयुँ लगायतका विभिन्न गाउँबस्तीहरू अवलोकन गर्न सकिन्छ।

स्थानीय स्तरमा बलारानी युवा क्लबले पर्यटक आकर्षणका लागि विभिन्न संरचना निर्माण गर्नुका साथै हरेक वर्ष दशैं मेला आयोजना गर्दै आएको छ। यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्‍याएको स्थानीय बताउँछन्।

पछिल्ला दिनहरूमा मुसुराबारी डाँडामा फोटो, भिडियो तथा टिकटक बनाउने युवायुवतीहरूको दैनिक चहलपहल बढ्दै गएको छ। सामाजिक सञ्जालमा स्थानको प्रचार–प्रसारसँगै यहाँ आउने पर्यटकको संख्या क्रमशः वृद्धि हुँदै गएको हो।
पर्यटकको सुविधालाई ध्यानमा राख्दै नजिकै होमस्टे सेवा समेत सञ्चालनमा रहेका छन्, जसले आगन्तुकलाई बसोबासमा सहजता प्रदान गरेको छ।

स्थानीयवासी तथा सरोकारवालाहरूले यस क्षेत्रलाई थप व्यवस्थित गर्दै पूर्वाधार विकास र प्रभावकारी प्रचार–प्रसार गर्न सकेमा मुसुरबारी डाँडा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरेका छन्

[sidebar name="After post"]