महाशिलामा गुरुङ भाषा (खेमा लिपि) प्रशिक्षण कार्यक्रम सम्पन्न

15

पर्वत । महाशिला गाउँपालिका अन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकहरूका लागि गुरुङ भाषा (खेमा लिपि) सम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम महाशिलामा सम्पन्न भएको छ।

गुरुङ भाषालाई समुदायस्तरमा प्रवर्द्धन गर्दै विद्यालयमार्फत संरक्षण र विस्तार गर्ने उद्देश्यले शिक्षकहरूलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालले गुरुङ भाषाको माध्यमबाट समाज र संस्कृतिको महत्व बुझ्न सकिने तथा विद्यालयमार्फत समुदायमा यसको महत्त्व फैलाउन सहज हुने बताउनुभयो। उहाँले आगामी दिनमा अन्य समुदायका भाषालाई पनि लिपीबद्ध गर्ने योजना रहेको जानकारी दिनुभयो।

प्रशिक्षणमा सहभागी शिक्षकहरूले बोलीचालीमा गुरुङ भाषा जान्ने भए पनि लेख्न नसक्ने अवस्था रहेको बताउँदै यस प्रशिक्षणले लेखन सीपमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्।
प्रशिक्षण कार्यक्रमको सहजीकरण श्री भिम प्रसाद गुरुङले गर्नुभएको थियो। स्थानीय भाषा, संस्कृति र पहिचानको संरक्षणमा यो कार्यक्रम महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ।

[sidebar name="After post"]