स्वधर्म मावि पाखापानीमा सर्वपक्षीय शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न         

197

 पर्वत ।  पर्वतको महाशिला गाउँपालिका वडा नं ४ पाखापानीमा रहेको स्वधर्म माध्यमिक विद्यालयमा  जनप्रतिनिधि,विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक सङ्घ ,शिक्षक, अभिभावक, र विद्यार्थीहरूको सर्वपक्षीय शैक्षिक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।
महाशिला गाउँपालिकाको शिक्षा शाखा र विद्यालयको संयुक्त आयोजना रहेको उक्त कार्यक्रममा शैक्षिक सुधारका लागि सबै पक्षको संयुक्त र छुट्टाछुट्टै छलफल गरी आ-आफूले आ-आफ्ना क्षेत्रबाट सुधार गर्नुपर्ने विषयमा प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै गाउँपालिकाले शिक्षामा सबैभन्दा धेरै लगानी गरेको र शैक्षिक सुधार गाउँपालिकाको पहिलो प्राथमिकता रहेको बताउनुभयो ।उहाँले सबै पक्षले गरेका प्रतिबद्धता कार्यान्वयन गरेमा शैक्षिक गुणस्तरमा महसुस हुने गरी सुधार आउने विचार व्यक्त गर्नुभयो । साथै गाउँपालिकाले महाशिला भित्रका सबै विद्यालयमा यस खालको कार्यक्रम आयोजना गर्ने जानकारी दिनुभयो।

कार्यक्रममा महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेय, शिक्षा शाखा प्रमुख सविता कुमारी के सी पौडेलले मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा पालिकाका सहायक शिक्षा अधिकृत नारायणप्रसाद गौतमले पालिकाले लिएको उपलब्धि मापनको विद्यालयको नतिजा प्रस्तुत गर्नुभयो । कार्यक्रममा  जनप्रतिनिधिका तर्फबाट वडा सदस्य देवीप्रसाद पौडेल, वि.व्य.स. र शि.अ.स. का तर्फवाट अमृतप्रसाद सुवेदी, अभिभावकका तर्फबाट सोमबहादुर रेग्मी, शिक्षकका तर्फबाट  रेशमलाल चपाईं र विद्यार्थीका तर्फबाट निर्मला सुनार र दिपेश केसीले प्रतिनिधिगत रूपमा प्रतिबद्धता व्यक्त गरेका थिए ।

विव्यस अध्यक्ष अमृतप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत प्रधानाध्यापक  शेषकान्त शर्माले र कार्यक्रमको सञ्चालन शिक्षक नारायणप्रसाद पराजुलीले गर्नुभएको थियो। सोही अवसरमा वडाध्यक्ष र विव्यस अध्यक्षको रोहवरमा सम्पूर्ण शिक्षकहरूले प्रधानाध्यापकसमक्ष  विद्यालय र आफ्नो विषयको शैक्षिक उपलब्धि ५५% माथी पुर्‍याउने प्रतिबद्धता गर्दै कार्यसम्पादन करार सम्झौतासमेत गरेको प्रधानाध्यापक शेषकान्त शर्माले जानकारीदिनुभयो ।

[sidebar name="After post"]