महाशिलाका महिलाहरुले बोल्ने कला सिक्दै

130

महाशिला गाउँपालिकाकामा महिला सशक्तीकरणका लागि २ दिने उदघोषण तथा भाषण कला तालिम शुरु भएको छ ।
महाशिला गाउँपालिकाकाको आर्थिक सहयोगमा महेन्द्र ज्योति सामुदायिक सिकाइ केन्द्र महाशिला ५ लंखु र महेन्द्रदय सामुदायिक विकास केन्द्र महाशिला २ भोक्सिङको आयोजनामा तालिम शुरु भएको हो ।
तालिमको आज एक कार्यक्रमका बिच महाशिला गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालले उदघाट्न गर्नुभयो । उदघाट्न कार्यक्रममा बोल्दै भुसालले महिलाको नेतृत्व तथा क्षमता बिकासमा यश तालिमले सहयोग पुर्याउने बताउनुभयो ।
उहाले ग्रामीण भेकमा रहेका महिलाहरू कुनै पनि समारोहमा पुगेर बोल्न हिचकिचाउने समस्या समाधान गर्नका लागि भाषण कला तालिम उपयोगी हुने बताउनुभयो । भुसालले भौतिक निर्माणसंगै मानवीय बिकासमा पनि गाउँपालिका लागिरहेको बताउनुभयो ।
उदघाटन कार्यक्रममा महाशिला गाउँपालिका उपाध्यक्ष धनशुवा वि.क,प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे, वडा नं २ का वडाअध्यक्ष दिपक गुरुङ, वडा नं ४ का अध्यक्ष पुरण बहादुर मल्ल, वडा नं ५ का अध्यक्ष चन्द्र बहादुर मल्ल,वडा ६ का वडा गोविन्द बहादुर विश्वकर्मा, महाशिला गाउँपालिका शिक्षा शाखा प्रमुख सविता कुमारी शर्मा,महेन्द्र ज्योति सामुदायिक बिकास केन्द्रका अध्यक्ष एक बहादुर हमाल लगायतले मनतव्य राख्नुभएको थियो ।
कार्यक्रममा शिक्षा शाखाका नारायण गौतम,कम्प्युटर अपडेटर रमेश प्रसाद शर्मा, बेल बहादुर परियार लगायतको उपस्तिथि रहेको थियो ।


महाशिला गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत महेन्द्र ज्योति सामुदायिक सिकाइ केन्द्रका परिचालक शोभा कोइराला शर्माको स्वागत र कार्यक्रमको संचालन गाउँपालिका कर्मचारी बेल बहादुर परियारले गर्नुभएको थियो ।
तालिमले महिलाहरूलाई सार्वजनिक मंचमा आत्मविश्वासका साथ विचार राख्न, आवाज उठाउन र नेतृत्व विकास गरी सामाजिक परिवर्तनमा लाग्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
तालिममा महाशिला गाउँपालिका ६ वटै वडाका करिब ४० जना महिला दिदिबहिनीहरुको सहभागिता रहेको छ । तालिमको पत्रकार दिपेश वि पोखरेलले सजिकरण गर्नुभएको छ ।
साथै आजै IT स्रोत शिक्षकहरुका लागि २ दिने क्षमता विकास तालिम समेत शुरु भएको छ ।

[sidebar name="After post"]