पर्वतको महाशिला गाउँपालिकाले आफ्नो पालिका गान सार्वजनिक गरेको छ । गाउँपालिकामै कार्यरत प्राविधिक साहयक नारायण गौत्तमको रचनामा तयार पारिएको पालिका गानमा राजेन्द्र पाण्डेको लय रहेको छ भने रचना रिमाल र राजेन्द्र पाण्डेकै स्वर रहेको छ ।
छनौट समितिले दिएको नम्बरको आधारमा प्रथम स्थानमा रहेको रचनालाई छनौट गरी पालिका गान तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
पालिका गानमा गाउँपालिकाले तयार गरेको छनौट मापढण्ड अनुसार महाशिला गाउँपालिकाको पहिचान,इतिहास, भूगोल,साँस्कृति, भेषभुषा, विकास, रहन सहनलगायतका विषयवस्तु समेटिएको प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेको भनाई छ ।
https://fb.watch/xK-Nf8hJWg/





