पर्वत उद्योग वाणिज्य संघको आयोजनामा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

13

पर्वत-पर्वतको कुश्मामा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्वत उद्योग वाणिज्य संघको आयोजना र आन्तरिक राजस्व कार्यालय बाग्लुङ तथा कर दाता सेवा कार्यालय कुश्मा पर्वतको सहयोगमा उक्त कार्यक्रम सनिबार सम्पन्न भएको हो । वर्तमान संसोधित कर ऐन,नीति नियम सम्बन्धि पर्वतका उद्योगी व्यवसायीहरुलाई जानकारी गराउने उद्देश्यले कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बि. पौडेलले जानकारी दिनुभयो । व्यवसायीहरुले नीति, नियम नबुझी व्यवसाय संचालन गर्दा विभिन्न झन्झट बेहोर्नुपरेको र कर सम्बन्धि नियमको सही ज्ञान नहुँदा जरिवानामा समेत परेको बताउदै त्यसको सहजताका लागि कर शिक्षा कार्यक्रम संचालन गरिएको उहाँले बताउनुभयो । पर्वतमा संचालित उद्योग, व्यवसायको प्रबर्द्धन र व्यवसायीको हक हितका लागि संघले विभिन्न कामहरु गरिरहेको अध्यक्ष पौडेलले बताउनुभयो ।

कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय बाग्लुङका प्रमुख प्रमोद कुमार श्रीवस्तबले राज्यका लागि उद्योग व्यवसायी तथा नागरिकले कर तिर्नु अनिवार्य कर्तव्य भएको बताउदै समयमै सही तरिकाले कर तिर्नुपर्नेमा जोड दिनुभयो । संकलित कर राज्यले नागरिकले प्रत्येक्ष लाभ लिने खालका कार्यमा लगानी गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा कर दाता सेवा कार्यालय पर्वतका प्रमुख शान्ति पौडेल र आन्तरिक राजस्व कार्यालय बाग्लुङका कम्प्युटर अपरेटर कृष्ण बहादुर खड्काले कर सम्बन्धि नीति,नियम र कर तिर्ने प्रक्रिया, कर तिर्न ढिला भएमा लाग्ने जरिवाना लगायतका विषयमा सहजीकरण गर्नुभएको थियोे । कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, पर्वत उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष केदानाथ शर्मा लगायतले बोल्नुभएको थियो ।पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बि. पौडेलको अध्यक्षतामा संचालित कार्यक्रमको संचालन संघ महासचिव खड्का प्रसाद खनालले गर्नुभएको थियो

[sidebar name="After post"]