पर्वत । पर्वत फोटोग्राफर संघको कार्यालय उद्घाटन गरिएको छ । फलेवास नगरपालिकाका उपप्रमुख शोभा कुमारी क्षेत्रीले आज एक कार्यक्रमका विच कार्यालयको उद्घाटन गर्नुभयो । संघलाई थप व्यवस्थित तवरले संचालन गर्न संघले कुश्माको न्युरोडमा कार्यालय संचालनमा ल्याएको हो ।
उद्घाटन कार्याक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शोभा कुमारी क्षेत्रीले फोटोग्राफरले सामाजको विकृति हटाउन मद्दत पुर्याएको बताउँदै पर्वत फोटोग्राफर संघले पर्वतको पर्यटन प्रर्बद्धनमा महत्वपुर्ण भुमिका खेलेको बताउँनुभयो । उहाँले पर्वत फोटोग्राफर संघ व्यवसायीको हकहितमा मात्र सिमित नरही सामाजिक कार्यमा पनि सक्रिय रहेकोमा प्रशंसा गर्नुभयो ।

कार्यक्रममा पर्वत फोटोग्राफर संघका संरक्षक दिनेश अधिकारी, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, संघका निवर्तमान अध्यक्ष नारायण बहादुर केशी, संघका नयाँ सदस्य अर्जुन थापा मगर, पर्वत फोटोग्राफर संघ महिला उपसमिति संयोजक जीवन कुमारी शर्मा लगायतले मनतव्य राख्नुभएको थियो ।

कार्यक्रममा नयाँ सदस्यलाई प्रमाणपत्र वितरण गरिनुका साथै विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
पर्वत फोटोग्राफर संघका अध्यक्ष बिजय शर्मा जैसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत संघका सहसचिव आरसी पौडेलले र संचालन सचिव नारायण पौडेलले गर्नुभएको थियो ।
साथै संघले नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा महिला दिदिबहीनीलाई दर समेत खुवाएको थियो
।





