नेपाल राष्ट्रिय शिक्षक संगठन महाशिलाको तेस्रो गाउँ परिषद, सम्मान,स्वागत तथा रमाइलो बन‌भोज कार्यक्रम सम्पन्न

92

पर्वत । नेपाल राष्ट्रिय शिक्षक संगठन महाशिला गाउँ समिति पर्वतको तेस्रो गाउँ परिषद, शिक्षक सम्मान तथा स्वागत एवम् रमाइलो बन‌भोज कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार महाशिला परिसरमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि महाशिला गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालले उदघाट्न गर्नुभएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले शिक्षकहरुले आफ्नो पेशागत मर्यादा जोगाउनुपर्ने धारणा राख्नुभयो । भुसालले शैक्षिक गुणस्तरमा गाउँपालिकाले जोड दिएको बताउनुभयो ।
कार्यक्रममा महाशिला गाउँपालिका उपाध्यक्ष धनसुवा वि.क, महाशिला गाउँपालिका वडा नं ६ का अध्यक्ष गोविन्द विश्वकर्मा, जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख उद्विमराज पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य शारदा कुमारी शर्मा,प्रदेश सदस्य चक्रपाणी सापकोटा, जिल्ला अध्यक्ष दुर्गा पौडेल, अखिल नेपाल एकिकृत शिक्षक संगठन पालिका अध्यक्ष खडक बहादुर क्षेत्री, नेपाल शिक्षक संघ महाशिलाकाका अध्यक्ष वालकृष्ण उपाध्य, , निवृत्त शिक्षक तथा संगठनका भविश्वर भुषाल लगायतले मनतव्य राख्नु भएको थियो ।

कार्यक्रममा शिक्षकलाई सम्मान गर्नुका साथै स्वागतार्थ डायरी वितरण गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन महाशिलाका अध्यक्ष भवराज शर्माले जानकारी दिनुभयो । उहाले शिक्षकहरुको हौसला बढाउन र एकाअर्कामा आत्मीयता प्रगाढ गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन महाशिलाका अध्यक्ष भवराज शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रमको उद्देश्य‌माथी संगठनका सदस्य लेखनाथ अधिकारीले प्रकास पार्नुभएको थियो भने स्वागत उपाध्यक्ष निरवहादुर थापाले र संचालन सचिब शेषकान्त पौडेलले गर्नुभएको थियो ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here