पर्वत । पर्वतको महाशिला गाउँपालिकाको स्थानिय स्काउट आयुक्तमा भवराज शर्मा मनोनित हुनुभएको छ । सामाजिक सेवा स्थापित अन्तर्राष्ट्रिय संस्था स्काउटको स्थानिय तहमा समिती रहने नितिगत व्यवस्था अनुसार शर्मा लाई नेपाल स्काउट नियमावली २०७७ को नियम २१ उपनियम १ को खण्ड क अनुसार मनोनयन गरिएको जनाइएको छ ।
महाशिला गाउँपालिका अध्यक्ष इश्वरीप्रसाद भुसाल र उपाध्यक्ष धनसुवा वि.कले शर्मा लाई नियुक्त गर्दै नियुक्ती पत्र हस्तान्तरण गर्नुभयो । नियुक्तिपत्र हस्तान्तरण गर्दै अध्यक्ष भुसाल र उपाध्यक्ष वि.कले महाशिला गाउँपालिकामा उत्कृष्ट सेवा प्रदान गराउँन सुझाव दिनुभयो ।
महाशिला गाउँपालिकाका सबै वडामा पुगेर सामाजिक सेवाका कार्यमा सक्रिय हुने आयुक्त शर्माले बताउनुभएको छ ।
शर्मा महेन्द्र ज्योति माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ ।
स्काउट महाशिलाको आयुक्तमा शर्मा नियुक्त
[sidebar name="After post"]





