महाशिला गाउँपालिका कार्य सम्पादनमा जिल्लाकै उत्कृष्ट

293

पर्वत । पर्वतको महाशिला गाउँपालिका वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा पर्वत जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको लागि निर्धारण गरिएका कार्य सम्पादन सूचकको मूल्यांकन नतिजा सार्वजनिक गरेकोमा महाशिला गाउँपालिका जिल्लाकै उत्कृष्ट बन्न सफल भएको हो ।
बुधबार आयोगले सार्वजनिक गरेको नतिजा अनुसार महाशिला गाउँपालिका ४८.०८ अंक प्राप्त गर्दै पर्वतमा पहिलो र गण्डकी प्रदेशका गाउँपालिकाहरू मध्य दोस्रो स्थानमा पर्न सफल भएको महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुलीले बताउनुभयो। बजेट निर्माण तथा कार्यान्वयन, राजस्व संकलन तथा व्यवस्थापन, पूँजीगत खर्चको अवस्था, वित्तीय अनुशासनको अवस्था र पारदर्शीता लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित १७ वटा मुख्य सूचकको मूल्यांकन तथा परीक्षण गरी नतिजा सार्वजनिक गरिएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन सूचकको मूल्यांकन प्रतिवेदनका आधारमा पर्वत जिल्लाका अन्य स्थानीय तहहरू मध्ये पैयू गाउँपालिकाले ३५.७८ बिहादी गाउँपालिकाले ३४.५ जलजला गाउँपालिकाले २९.२८ मोदी गाउँपालिकाले २०.८१ र कुश्मा नगरपालिकाले १७.६५ अंक प्राप्त गरेका छन् भने फलेवास नगरपालिकाले सवैभन्दा कम ११.९३ अंक प्राप्त गरेको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here