७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस : पर्वतमा विविध कार्यक्रम सहित तीन दिन मनाउँने

106

पर्वत । पर्वतमा ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीन दिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरिएको छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थितिमा जिल्ला समन्वय समितिको कार्यालयमा आज बसेको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम वि.कको संयोजकत्वमा आयोजक समिति समेत गठन गरको छ ।

बैठकले दिवसको अवसरमा सबै सरकारी निकाय, प्रतिष्ठान र संघ संस्थाका कार्यालयहरुले आ–आफ्नो कार्यालयको परिसरमा सरसफाई गरी उक्त ३ दिनसम्म छत, बरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ सम्पूर्ण कार्यालयहरुले दीप प्रज्वलन गर्ने,तीन दिनसम्म जिल्लावासीका घरघरमा समेत दीप प्रज्वलन गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै पालिकाहरुले स्थानीय सञ्चार माध्यम मार्फत अनुरोध गर्ने, स्थानीय पालिका प्रमुखको संयोजकत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समितिले आ–आफ्नो पालिकामा सञ्चालन गर्ने कार्यक्रममा सम्बन्धित पालिका र जिल्ला प्रहरी कार्यालयले समन्वयात्मक रुपमा आवश्यक सुरक्षा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले फागुन ७ गते विहान ७ः०० बजे लोकतान्त्रिक चोकमा भेला भई शहिदको शालिकमा माल्यार्पण गर्ने, ७ः३० बजे देखि ११ः ०० बजेसम्म कुश्मा नगरपालिका कार्यालय अगाडि कुश्मा नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य कार्यालय पर्वतको समन्वय र व्यवस्थापनमा ४५ वर्ष उमेर पुगेका व्यक्तिहरुको सुगर र ब्लडप्रेसर ग्लुकोमिटरबाट जाँच गर्ने व्यवस्था मिलाउँने, कुश्मा स्थित सामाजिक सांस्कृतिक तथा ऐतिहासिक पुरातात्विक महत्वका सम्पदा स्थलमा सरसफाई र दीप प्रज्वलनको व्यवस्था सुरक्षा निकायले आपसी समन्वयमा मिलाउने,कुश्मा नगरपालिकाले सदरमुकामका मुख्य सडक र बजार क्षेत्रमा फाल्गुण ६ गते विहान स्थानीय नगरवासी, क्लव, संघ संस्था र कार्यालय समेतको सहभागितामा सरसफाइको व्यवस्था मिलाउँने र फागुन ८ गते शिवालय माध्यमिक विद्यालयमा फरक क्षमताका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरिएको आयोजक समितिका संयोजक विष्णुराम वि.कले जानकारी दिनुभयो । साथै उहाँले दिवसलाई भव्यरुपमा मनाउँन आम जिल्लावासीहरुमा अनुरोध गर्नुभएको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here