पर्वत । पर्वतको पर्यटकी गाउँ दुर्लुङमा पौष १५ ल्होसर मेला हुने भएको छ । स्थानिय नवप्रतिभाशाली युवा क्लबको आयोजनामा मेला हुन लागेको हो ।
स्थानिय कला संस्कृति तथा पर्यटनको प्रबद्र्धन संगै राष्ट्रिय भलिबल खेलको विकास, विस्तार एबम नयाँ प्रतिभावान खेलाडीहरु उत्पादन तथा पहिचान गर्ने उद्देश्यले पौष १२ देखि १७ गते सम्म मेलाको आयोजना गरिएको क्लबका सल्लाहकार भिम गुरुङले बताए ।
मेलामा वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता,नृत्य प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता,रस्सी तान्ने प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता लगायत अन्य विविध कार्यक्रम गरिने गुरुङले बताए ।
भलिबल प्रतियोगितामा प्रथम हुनेले ६० हजार शिल्ड,मेडल,प्रमाणपत्र र द्धितिय हुनेले ४० हजार शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक स्वाग्रिम गुरुङले जानकारी दिए । मेलामा हरेक दिन स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने आजयोजकले बताएको छ ।
पर्वतको रमणिय गाउँ दुर्लङबाट हिम शृङखला नजिकैबाट हेर्न सकिने छ । भने स्थानिय गुरुङ समुदायको संस्कृति अवलोकन गर्न सकिने छ ।






