पहिरो पन्छाउँन सक्रिय वडा अध्यक्ष मल्ल (फोटो फिचर)

267

पर्वत । विहिबार राती देखी लगातार आइरहेको वर्षाका कारण पर्वतका ग्रामिण भेगका अधिकांस मोटरबाटोहरु अबरुद्ध छन् । यस्तै महाशिला गाउँपालिकामा पनि पहिरोले विभिन्न ठाउँमा बाटो अबरुद्ध गरेको छ । तर यहाँ भने पहिरोले अबरुद्ध बाटो सुचारु गर्न जनप्रतिनिधि नै डोजर लिएर हिडिरहेका छन् । निरन्तरको बर्षाले पहिरो खसेपछि गाउँपालिकाको वडा नं ५ मा पनि लुंखु देखि बालकोट,भोक्सिङ जाने बाटो अबरुद्ध भयो । उक्त अबरुद्ध भएको बाटो एक रात नबित्दै खुलेको छ । वडाअध्यक्ष चन्द्र बहादुर मल्लको सक्रितामा उक्त बाटो खुलेको हो । वडाअध्यक्ष मल्लले स्वयम आफै हिडेर वडाका अन्य ठाउँमा पनि अबरुद्ध बाटो सरसफाई गरेको बताए । उनले जनताले एकछिन पनि सास्ती खेप्नु नपरोस भनेर नै महाशिला गाउँपालिकाले जेसिबी खरिद गरेको बताए । मल्लले बर्खायाममा पनि सकेसम्म बाटो अबरुद्ध हुन नदिने बताएका छन् ।अधिकांस कच्ची सडक रहेको यस गाउँपालिकामा बर्षायाममा बाढी पहिरोले अवरुद्ध हुने सडक खुलाउन तथा मर्मत सम्भारमा सहजता ल्याउँन गाउँपालिकाकाले ४८ लाख ५५ हजार रुपैयाको लागतमा डोजर खरिद गरेको थियो । पालिकामा डोजर नहुँदा वर्षायाममा निकै समस्या हुँदै आएको थियो । अबदेखि पालिकाका ६ वटै वडाका जुनसुकै टोलमा पनि सडक अबरुद्ध हुन नदिने पालिकाले जनाएको छ

तस्बिर

Exif_JPEG_420

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here