महाशिलामा महिलाहरुका लागि निशुल्क स्वास्थ्य शिविर हुँदै

156

पर्वत । पर्वतको एक गाउँपालिकाले महिला सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । जिल्लाको महाशिला गाउँपालिकाले शिविरको आयोजना गरेको हो । गाउँपालिकाले महिलाहरुका समस्यालाई लक्षित गरि शिविरको आयोजना गरेको हो । महाशिला गाउँपालिका भुगोलका हिसावले विकट मानिन्छ । यहाँका महिलाहरु विभिन्न रोगवाट ग्रसित भएको पाईएपछि गाउँपालिकाले शिविरको आयोजना गरेको हो । जेठ ३१ गते शिबिर सञ्चालन हुनेछ ।

महाशिला आधारभुत अस्पताल लुंखुको प्राङगणमा संचालन हुने शिबिरमा महिलाहरुको स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको स्कृनिङ्ग शिबिर सञ्चालन हुने महाशिला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद पराजुलले जानकारी दिनुभयो ।
उहाँले तालिम प्राप्त चिकित्सक तथा नर्सहरुबाट महिलाहरुको स्वास्थ्य परिक्षण गरिने बताउँनुभयो । पराजुलीले गरिब तथा विपन्न महिलाहरुलाई लक्षित गरी शिबिर सञ्चालन गर्न लागिएको बताउँनुभयो । उहाँले सम्पुर्ण गाउँपालिका बासी महिला दिदीबहीनीहरुलाई मौका फाईदा उठाउन समेत अनुरोध गर्नुभएको छ ।

साथै आङ्ग खस्ने समस्याका अपरेसन गर्नुपर्ने महिलाहरुको लागि निशुल्क अपरेसनको समन्वय गरी पठाईने गाउँपालिकाले जनाएको छ ।
महिलाहरुका लागि गाउँमा नै शिबिर सञ्चालन हुन लागेकोमा यहाँका महिलाहरु खुशी भएका छन् । यहाँका महिलाहरु सानो समास्या भए पनि पोखरा,कुश्मा,बाग्लुङ जानुपर्ने बाध्यता छ । शिविरमा फलेवास नगरपालिका संगै पैयु र विहादी गाउँपालिकाका महिलाहरुले स्वास्थ्य परिक्षण गर्ने छन् ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here