शुभकल्याण आधारभुत बिधालय आर्थरमा सोह्रौ सस्करणको हाजिरी जवाफ प्रतियोगिता हुदै

138

 

पर्वत । पर्वत जिल्ला कुश्मा नगरपालिका १४ स्थित श्री शुभकल्याण आधारभुत बिधालय आर्थर डाडाखर्कले आफ्नो बिद्यालयको ६१ औ बार्सिकोत्सबको पाबन अबसरमा १६ औ संस्करणको अन्तर प्राबी स्तरीय हाजिरी जबाफ प्रतीयोगिता आयोजना गर्ने भएको छ।

बिगत १६ बर्ष देखि निरन्तर आयोजना गरिएको उक्त कार्यक्रम को १६ औ संस्करण यहि माघ ९ गते सम्पन्न हुँदै छ । भने दोस्रो संस्करणको आधारभुत तह शिक्षक स्तरीय कम्प्युटर टाइपिङ प्रतियोगिता समेत गर्न लागिएको बिधालयका प्रअ सुरेन्द्र गौतमले बताए | बिध्यार्थीको क्षमता पहिचान एबम क्षमता वृद्धि गर्न नेतृत्व प्रदान गर्न को लागि र शिक्षकलाइ प्रबिधीमैत्री बनाउन उर्जा मिलोस भन्ने आशयले आयोजित उक्त कार्यक्रम मा कुश्मा नगरपालिका र आसपासका पालिका हरुका झन्डै १५ बिद्यालयका बिध्यार्थी र सोही मात्रामा शिक्षक सहभागी हुने अनुमान गरिएको छ |

उक्त कार्यक्रमको पुरुस्कार  पन्ध्र हजार बिद्यालयमा स्थापित धन नर अक्षयकोषका दाताहरुबाट प्रायोजन हुने छ। पालिका ले आयोजना गर्न सक्ने यस्ता कार्यक्रम एउटा बिद्यालयले आयोजना गर्दा पालिकाको सहयोग र प्रोहत्साहन आबश्यक रहेको समेत बिद्यालयले जनाएको छ । पालिका स्तरमा यस्ता कार्यक्रम पालिकाले गर्दा लाखौ खर्र्च हुन्छ तर बिद्यालयले आयोजना गरेका यी कार्यक्रममा पालिकाको सहयोगको अपेक्षा समेत बिध्यालयले गरेको गौतमले बताए ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here