नेकपा एमाले पर्वतको जनबर्गिय संयन्त्र बैठक सम्पन्न

64

पर्वत । नेकपा एमाले पर्वतको जनबर्गिय संयन्त्र बैठक सम्पन्न भएको छ । शनिबार पार्टी कार्यालयमा आगमी असार सम्मका लागि योजना तर्जुमा गर्दै बैठक सम्पन्न भएको हो ।

बैठकमा एमाले निकट जनबर्गिय संगठनका इन्चार्ज, सह—इन्चार्ज र अध्यक्षको उपस्थितिमा आगमी असार सम्मका लागि जनबर्गिय संगठनहरुको भेला, बैठक,सदस्यता वितरण, प्रशिक्षण र रचनात्मक क्रियाकलाप गर्ने लगायतका कार्ययोजना तयार पारिएको पार्टी सचिव गोविन्द पहाडीले जानकारी दिनुभयो । उहाँले जनता संग सम्बन्ध थप विस्तार गर्न जनसंगठनहरुको महत्वपुर्ण भुमिका हुने भएकाले कार्ययोजना तयार पारिएको बताउँनुभयो । गिरीले भन्नुभयो ।“ नेकपा एमालले पर्वत जिल्लालाई एमालेको लालकिल्ला बनाउँन सफल भएको छ । यसलाई जोगाई राख्नका लागि र पार्टीका गतिविधिहरु निरन्तर जनतासंग जोडिएर गर्नुपर्ने उदेश्यका साथ बैठक बसेर योजना बनाएका छौ ।”

बैठकमा संगठनका अध्यक्षले संगठनले गरेका क्रियाकलाप पाटी नेतृत्व विच जानकारी गराएका थिए ।नेकपा एमाले पार्टी अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको वैठकको सञ्चालन पार्टी सचिव गोविन्द पहाडीले गर्नुभएको थियो ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here