मोदी गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई न्यानो कपडा तथा औषधी वितरण

61

पर्वत । पर्वतको मोदी गाउँपालिकाले गाउँपालिका भित्र रहेका जेष्ठ नागरिकलाई न्यानो कपडा तथा औषधी वितरण अभियान शुरु गरेको छ । गाउँपालिका भित्र रहेका ८४ बर्ष माथिका जेष्ठ नागरिकलाई ब्लाङकेट, मालिश गर्ने तेल,त्रिफला र च्यावनप्राश लगायतका औषधी वितरण गर्न शुरु गरेको हो ।

‘पुस्ता अनुभव आदान प्रदान,जेष्ठ नागरिक शशक्तीकरण,स्वास्थ्य परिक्षण र पौष्टिक आहार’ कार्यक्रम अन्तर्गत रहेर गाउँपालिका भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप सामाग्री प्रदान गर्न लागिएको गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले बताउँनुभयो । उहाँले जेष्ठ नागरिक समुदायमा प्रेरणाको स्रोत भएको बताउँदै जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुपर्ने बताउँनुभयो । शर्माले जाडोको बेला ब्लाङकेटले न्यानो बनाउँने र औषधीले शरिरलाई तन्दुरुष्ट राख्न मदत पु¥याउँने बताउँनुभयो । शर्माले भन्नुभयो, “हामी सधै जनताकै सेवामा समर्पित र्छौ । आज हामीले उदारहणिय काम गरे भोली यसको सिको आउँने पुस्ताले पनि गर्नेछन ।” अभियान अन्तर्गत गाउँपालिका भित्र रहेका ८४ वर्ष माथिका २५० जेष्ठ नागरिकहरुलाई यस कार्यक्रममा जोडने शर्माले जानकारी दिनुभयो । उहाँले सम्भव हुनेलाई वडा कार्यालयमा बोलाएर र नहुनेलाई घर घरमै पुगेर न्यानो कपडा र औषधी वितरण गर्ने बताउँनुभएको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here