खाद्य पदार्थ स्वच्छता सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

90

पर्वत । उपभोक्ता तथा सरोकारवालाहरुका लागि खाद्य पदार्थ स्वच्छता सम्बन्धि सचेतना कार्यक्रम शुक्रबार कुश्मामा सम्पन्न भएको छ । खाद्य पदार्थ तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजना र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्कीको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

सचेतना कार्यक्रममा खाद्य स्वच्छता र जोखिमहरु, खाद्य पदार्थमा लेबलको महत्व, जङ्क फूड, सन्तुलित भोजन तथा पोषणको महत्वबारे जानकारी गराईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठले बताउनुभयो । खाद्य पदार्थ खरिद गर्दा लेबल हेरेर मात्र खरिद गर्नु पर्ने तथा लेबलमा के–के र कसरी हेर्ने सकिन्छ त्यसबारे जानकारी गराईएको प्रमुख श्रेष्ठले बताउँनुभयो ।

कार्यक्रममा सुशासन सम्बन्धि पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा,विषादी प्रयोग अवस्था तथा असरहरुको बारेमा कृषि ज्ञान केन्द्र पर्वतका कार्यालय प्रमुख मनिता थापा र पशुबाट मान्छेमा र मान्छेबाट पशुमा सर्ने रोगका बारेमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका निमिक्त कार्यालय प्रमुख रामजी प्रसाद पौडेलले सहजिकरण गर्नुभएको थियो

कार्यक्रममा सहभागीहरुलाई असल खानपान, खाद्य बस्तु किन्दाखेरि ध्यान दिनुपर्ने कुराहरू र स्वस्थ जिवनशैलीका विषयमा जानकारी गराईएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत कार्यालयका प्राविधिक साहयक सहन्सा कुमार मेहता र सञ्चालन कार्यालयकै प्रेम अर्यालले गर्नुभएको थियो ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here