पुर्ण खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

26

पर्वत । जिल्ला स्तरमा पुर्ण खोप कार्यक्रमको समिक्षा तथा पुर्ण खोप दिगोपना र सरसफाई प्रवर्दधन सम्बन्धि अभिमुखिकरण र दिगोपनाको लागि योजना तर्जुमा गोष्ठी मंगलबार कुश्मामा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा स्वागत तथा कार्यक्रमको बारेमा जानकारी दिदै स्वास्थ्य कार्यालय पर्वतका निमिक्त प्रमुख सन्तोष पौडेलले राष्ट्रिय खोप कार्यक्रमको महत्व, नियमित खोप मार्फत सरसफाइ प्रवर्दधन कार्यक्रमको निरन्तरताका लागि खोपको औचित्य तथा प्रभावकारीतामा हरेक स्थानिय तहले सक्रिय भुमिका खेल्नुपर्नेे बताउँनुभयो । पौडेलले जिल्लाको खोपको अवस्थाका बारेमा जानकारी गराउँनुभएको थियो ।

कार्यक्रममा स्वास्थ्य विभाग परिवार कल्याण महासंघ खोप अधिकृत बसन्त कुमार श्रेष्ठले खोपको परिचय,इतिहास र महत्वको विषयमा सहजिकरण गर्नुभएको थियो । श्रेष्ठले खोप विभिन्न रोगहरुको रोकथामको सवैभन्दा शात्तिशाली, सुरक्षित र लागत प्रभावकारी उपाय भएको बताउँनुभयो । उहाँले स्वास्थ्य नागरिक उत्पादन गर्न स्थानिय तहहरुले स्वास्थ्य क्षेत्रमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्लामा नियमित खोपको अवस्था, सरसफाइ, पुर्ण खोपको दिगोपना र प्रवर्दधन लगायतका बिषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले भौतिक पुर्वधार मात्र विकास नभएको बताउँदै शिक्षा र स्वास्थ्यमा जोड दिन जनप्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो । सापकोटाले आम नागरिकले महसुस गर्ने गरी काम गर्न पनि जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

यस्तै, कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम वि.कले स्वास्थ्य संवेदनशिल क्षेत्र भएकाले हरेक स्थानिय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । वि.कले खोप अनिबार्य लगाउनुपर्ने र सबैलाइ पुर्ण खोपको सुनिश्चितताका लागी सबै जनामा सचेतना फैलाउन आवश्यक रहेको बताउँनुभयो । उहाँले स्थानीय तह र जिल्ला स्थित कार्यालयहरुका विच विकास निर्माणमा समन्वयकारी भुमिका खेल्ने बताउँनुभयो ।

कार्यक्रममा जिल्ला स्थित स्थानीय तहका प्रमुख÷उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, सामाजिक विकास समितिका संयोजक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।सहभागी पालिका प्रमुख एवम उप—प्रमुखहरुले स्वास्थ क्षेत्रको सवालमा सदैब गम्भीर रहेको बताउदै पालिकाका आम नागरीकलाइ सुसुचित बनाउन लागि पर्ने प्रतिबद्धता जनाएका थिए ।
जिल्ला समन्य समिति पर्वतका प्रमुख विष्णुराम वि.कको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत स्वास्थ्य कार्यालय पर्वतका निमिक्त प्रमुख सन्तोष पौडेलले र सञ्चालन कार्यालयका नारायण रेग्मीले गर्नुभएको थियो ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here