पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश राउतका अनुसार जिल्लाको मोदी गाउँपालिका–२ देउपुर बस्ने २४ वर्षीय सागर जैसी र २७ वर्षीय विकास नेपालीलाई पक्राउ गरिएको हो। विकासको घरमा बन्दुक लुकाएर राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट पुगेको प्रहरी टोलीले गत मङ्सिर ११ गते उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट एक थान भरुवा बन्दुक सहित सिसाको दाना, बेरिङको गोटी, सलाई र बारुद जस्तो देखिने कालो धुलो पदार्थ बरामद भएको छ। उनीहरूका विरुद्ध मङ्सिर ११ गते बाटै लागु हुने गरी हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक दिन पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ।
पर्वतमा भरुवा बन्दुक सहित दुई जना पक्राउ
[sidebar name="After post"]





