पर्वत जिल्ला अदालतको बाह्य पहुँच न्यायिक संवाद कार्यक्रम महाशिलामा सम्पन्न

75

पर्वत । पर्वत जिल्ला अदालतबाट संचालित बाह्य पहुँच न्यायिक संवाद कार्यक्रम महाशिला गाउँपालिकामा सम्पन्न भएको छ। कार्यक्रम महाशिला गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालको अध्यक्षता र जिल्ला न्यायाधीश बासुदेव पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

न्यायिक प्रक्रिया तथा प्रणालीबारे सर्वसाधारणलाई जानकारी गराउने, अदालत र समुदायबीचको सम्बन्ध थप सुदृढ बनाउने तथा अदालतप्रति जनआस्था वृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको श्रेस्तेदार ख्याम नारायण लामिछानेले जानकारी दिनुभयो।

सो अवसरमा जिल्ला अदालतका प्रतिनिधिहरू, गाउँपालिकाका जनप्रतिनिधि, न्यायिक समितिका सदस्यहरू, स्थानीय सरोकारवाला, शिक्षक, समाजसेवी तथा नागरिकहरू बीच अन्तरक्रिया गरिएको थियो।

महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेको स्वागत रहेको कार्यक्रमको संचालन जिल्ला अदालत पर्वतका शाखा अधिकृत भरत पौडेलले गर्नुभएको थियो।

[sidebar name="After post"]