पर्वतका सफल स्पोर्ट्स सामग्री व्यवसायी जगदीश सुवेदीद्वारा बागलुङमा ‘केल्मी’ शो–रुम सञ्चालन

3

पर्वतका सफल स्पोर्ट्स सामग्री व्यवसायी तथा जिल्ला भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीले बागलुङ बजारमा केल्मी शो–रुम सञ्चालनमा ल्याएका छन्।

धौलागिरी क्षेत्रमै पहिलोपटक मान्यता प्राप्त यो केल्मी शो–रुम बागलुङ बजारको गोल्डेन गेट चोक नजिकै बिहीबार एक विशेष समारोहका बीच भव्य रूपमा उद्घाटन गरिएको हो।

बिगत लामो समयदेखि पर्वत सदरमुकाम कुश्मास्थित ‘पर्वत स्पोर्ट्स हाउस’ मार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आएका सुवेदीले सेवा विस्तारका रूपमा बागलुङमा नयाँ शो–रुम सार्वजनिक रूपमा सञ्चालनमा ल्याएका हुन्।

कार्यक्रम राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको मुख्य आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा अन्य राष्ट्रिय खेलाडीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

नयाँ शो–रुममार्फत खेलकुदप्रेमीहरूका लागि केल्मी ब्रान्डका उत्कृष्ट, गुणस्तरीय र भरपर्दा सामग्रीहरू स्थानीय बजारमै सहज रूपमा उपलब्ध हुने भएको छ। दीर्घ अनुभव, विश्वासिलो सेवा र ग्राहकमैत्री सुविधाका कारण अब धौलागिरी क्षेत्रका खेलाडी तथा खेलप्रेमीहरूले आवश्यक खेल सामग्री आफ्नै क्षेत्रमा पाउने भएका छन्।

उद्घाटनकै अवसरमा विभिन्न विशेष अफरहरू समेत उपलब्ध गराइएको शो–रुमका सञ्चालक सुवेदीले जानकारी दिएका छन्।

[sidebar name="After post"]