पर्वत – महाशिला गाउँपालिकाको कार्यालयमा जेनजी महाशिलाले लगाएको ताला खोलीएको छ। गाउँपालिका र जेनजी समूहबीच आज सहमति जुटेपछि ताला खोलिएको हो।
गत हप्ता विभिन्न मागहरू राख्दै जेनजी समूहले कार्यालयमा ताला लगाएको थियो। समुहले स्थानीय सरोकारका विषयमा प्रशासनको ध्यानाकर्षण गराउँदै कार्यालय बन्द गराएको थियो।
आजको सहमति कार्यक्रममा महाशिला गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसाल, उपाध्यक्ष धनसुबा विक, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे, वडाअध्यक्षहरू तथा जेनजी समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
लामो वार्तालापपछि जेनजी समूहले उठाएका प्रमुख मागहरू सम्बोधन गर्ने सहमति भएको गाउँपालिकाले जनाएको छ।
सहमति पश्चात कार्यालय पुनः सञ्चालनमा आएको र सेवा प्रवाह सुचारु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
स्थानीय तह र नागरिक समूहबीचको समन्वय र संवादबाट समस्या समाधान भएकोमा दुवै पक्षले सन्तोष व्यक्त गरेका छन्।
गाउँपालिका र जेनजी समूह बिच भएका यस्ता छन सहमती







