पर्वत-पर्वतको कुश्मा नगरपालिका-३, दुर्लुङ स्थित दिर्पा- विवेक अजर अमर स्मृति प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
बुधबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा पुनः महेन्द्र गुरुङ सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा होम बहादुर थापा, सचिव रामचन्द्र शर्मा, उप-सचिव रितु थापा,कोषाध्यक्ष द्रुपती गुरुङ, सदस्यहरुमा भिम गुरुङ, प्रीतम गुरुङ, ज्ञानेन्द्र सार्की, भिम सार्की, कमल पौडेल, नवीन गुरुङ, रिमाया थापा, कमल थापा, कृस्मा क्षेत्री र अतीत गुरुङ सर्वसम्मत चएन भएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङका वडा अध्यक्ष तेज बहादुर पाध्याले प्रतिष्ठानले गरेको सामाजिक कार्यको प्रसंशा व्यक्त गर्दै वडाबाट सहयोग रहने बताए ।
प्रतिष्ठानका अध्यक्ष महेन्द्र गुरुङले दिर्पा विवेक स्मृति प्रतिष्ठान स्वच्छ र स्वतन्त्र रुपमा स्थापित भएको बताउदै निरन्तर सामाजिक कार्यमा क्रियाशिल रहेको बताए । कार्यक्रममा संस्थाका सचिव रामचन्द्र शर्माले संस्थागत तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा राप्रपाका केन्द्रिय सल्लाहकार इच्छा बहादुर गुरुङ, राप्रपा पर्वतका अध्यक्ष प्रभु गुरुङ, नेपाली कांग्रेस दुर्लुङ वडा कमिटी सभापति लेख बहादुर गुरुङ, नेकपा एमाले दुर्लुङ वडा कमिटी उपाध्यक्ष बिष्णु प्रसाद शर्मा, नेकपा माओवादी दुर्लुङ वडा कमिटी अध्यक्ष ऋषिराम पौडेल, प्रतिष्ठानका सल्लाहकार लक्ष्मण गिरि,
नारायण प्रसाद शर्मा, कृष्ण प्रसाद पौडेल, समाजसेवी व्यक्तिहरु काशिराम पोख्रेल, क्याप्टेन चित्र बहादुर गुरुङ, बालकृष्ण शर्मा, ख्याम बहादुर गुरुङ, संस्थाका आजिवन सदस्य दिपक पौडेल, समाजसेवी बुद्धि पौडेल, कृषक खड्का बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा कृषकहरु डोलराज पौडेल, खड्का गुरुङ, कृष्ण कुमारी शर्मा, ओमकार गुरुङ, धन बहादुर भण्डारी, कृषि प्राविधिकहरु ख्याम बहादुर गुरुङ, खडानन्द शर्मा, होम बहादुर थापालाई सम्मान गरिएको छ ।दुर्लुङको पर्यटन विकासमा योगदान पुर्याउने अतित गुरुङ, कटुवाल प्रेम बहादुर नेपाली लगायतलाई सम्मान गरिएको छ ।
कार्यक्रममा दुर्लुङ निवासी ९० बर्ष माथिका ७ जना वृद्धहरुलाई सम्मान गरिएको छ भने समाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याउने ५ जना सम्मानित भएका छन् ।
अधिवेशनका अवसरमा आयोजित नृत्य प्रतियोगितामा प्रथम एनी गुरुङ, दित्तिय दिपशिखा गिरी र तृतीय निलिमा गुरुङ भएका छन् । प्रतियोतिमा ८ जना सहभागी भएका थिए । प्रतियोगितामा प्रथम दित्तिय र तृतीय हुनेले क्रमशः ७,५ र ३ हजार मेडल प्रमाणपत्र र सहभागीले १-१ हजार प्राप्त गरेका छन् ।
वि.सं. २०७७ जेष्ठ ३१ गते आएको बिनासकारी पहिरोमा पुरिएर दिर्पा थापा र उनको छोरा बिवेक थापा सहित ९ जनाको मृत्यु भएको थियोे । उनिहरुको सम्झनामा उक्त प्रतिष्ठान स्थापना गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष महेन्द्र गुरुङको अध्यक्षता प्रतिष्ठानका उपाध्यक्ष होम बहादुर खड्काको स्वागत र
संचालन सचिव रामचन्द्र पौडेलले गरेका थिए ।





