पर्वत । चाडपर्वको बेला हुन सक्ने कालो बजारी र यातायातमा हुन सक्ने चर्को भाडादरको निगरानी गनुपर्ने भन्दै अखिल फोर्स पर्वतलले जिल्ला प्रशासन कार्यालय पर्वतमा ज्ञापनपत्र बुझाएको छ ।
आइतबार अखिल फोर्सका विद्यार्थीहरुले साहयक प्रमुख जिल्ला अधिकारी गणेश पौडेललाई ज्ञापनपत्र बुझाएका हुन । नेपालीहरुका महान चाडपर्व नजिकिदै गहिरको अवस्थामा बजारमा कालो बजारी पनि हुन थाले पछि अनुगमनमा जोडदिनका लागि ज्ञापनपत्र बुझाएको अखिल फोर्सका जिल्ला अध्यक्ष मनोज पुरीले बताए । उनले बस्तुको मुल्य भन्दा दोब्बर, तेब्बरले बजारमा सामाग्री विक्री वितरण हुन थालेकोले जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायले चाडपर्वका बेला बजार अनुगमनमा विशेष जोडदिन आग्रह गरे ।
ज्ञापनपत्र बुझ्दै साहयक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले अखिल फोर्सको प्रयासलाई प्रशंसा गर्दै बजार अनुगमनलाई तिब्रता दिइने प्रतिबद्धता गर्नुभयो ।





