डिस्ट्रिक्ट ३२५ आई अन्तर्गतका ४ क्लबहरुको सयुक्त पदस्थापन सम्पन्न

40

पर्वत ।लायन्स इन्टरनेशनल- ३२५ आई अन्तर्गत पर्वतका चार क्लबहरुको वर्ष २०२४/२५ को संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।
दुई चरणमा सम्पन्न कार्यक्रममा क्रमशः लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका निवर्तमान अध्यक्ष डासिराम अधिकारी र लायन्स क्लब अफ पर्वत सारथीको वर्ष २०२४/२५ को अध्यक्ष लिला डवाडी को अध्यक्षता र डिस्ट्रिक गभर्नर लायन बिनोद ढुङ्गानाको प्रमुख आतिथ्यतामा आश्विन १४ गते सम्पन्न कार्यक्रममा पर्वतमा क्रियाशिल लायन्स क्लब अफ पर्वत गुप्तेश्वर, पर्वत भमेकोट, पर्वत गप्तेश्वर मोदी र पर्वत सारथीका सम्पूर्ण क्लब पदाधिकारीहरुको पदस्थापन गरिएको थियो।कार्यक्रममा गभर्नर द्वारा विभिन्न क्लबमा आबद्द भएका नयाँ सदस्यहरुलाई स्वागत गरिनुका साथै स्कुलिङ पनि गरिएको थियो।हरेक क्लब अध्यक्षहरुले भावि योजना तथा प्रतिबद्दता प्रस्तुत गरिएको कार्यक्रमको संचालन द्दय देवेन्द्र पौडेल र शान्ती श्रेष्ठले गरेका थिए।
कार्यक्रममा पूर्व गभर्नर राम बसेल र लायन बद्रिका ढुङ्गानाले शुभकामना तथा डिस्ट्रिक कोर्डिनेटर अर्जुन पौडेल निर्जनले धन्यवाद मन्तव्यका क्रममा वर्ष २०२४/२५ को ‘मानवता पहिलो प्राथमिकता’ भन्ने डिस्ट्रिक गभर्नरले अघि सारेको नारालाई साकार पार्न तथा आपत-विपदमा राहत तथा उद्दारमा डिस्ट्रिक ३२५ आई क्रियाशिल रहेको बताए भने नमूना आवासीय मा विका विधार्थीहरुले नृत्य प्रस्तुत गरि कार्यक्रमको शोभा बढाएका थिए।

[sidebar name="After post"]