नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघ कुश्माको सातौं साधारण सभा सम्पन्न

35

नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघ कुश्मा नगर कार्य समिती पर्वतको सातौ साधारणसभा हिजो विविध कार्यक्रम संगै समपन्न भएको छ ।

देश तथा विदेशका भुपु सैनिकहरुको छाता संगठन नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघ कुश्मा नगर कार्य समितीले पेन्शनरका समस्या मात्रै नभएर मगर समुदायका समस्या,पिंडा,आपत विपत परेका वेला सहयोगी भएर समाजमा दह्रो खम्वाको रुपमा उभिएको छ ।

संघले मगर जातिको भाषा धर्म,संस्कृति जर्गेना गर्न,मगर युवाहरुको शसक्तीकरण,युवाहरुलाई आयआर्जनमा अगाडि वढाउने,मगर समुदायका नानी वावुलाई अधिकांश क्षेत्रमा पहुँच पुराउने,लाहुरे हुन चाहनेका लागि ईन्स्च्यिुटको व्यवस्थापन गर्ने लगाएतका भावि योजनाहरु रहेको संघका अध्यक्ष गुम वाहदुर पुनले वताउनुभयो ।


सोही अवसरमा ८० वर्ष नाघेका ज्येष्ट नागरिकहरुलाई पनि सम्मान गरिएको छ । सम्मान हुनेमा पुर्ण वाहदुर पुर्जा,धन वहादुर फकामी,ओम वाहदुर चोचाङी,लाल वाहदुर पाईजा हुनुहुन्छ । त्यसैगरी एसईई र १२ कक्षामा उत्कृष्ट नतिजा लिएर पास हुने विधार्थीहरुलाई पनि सम्मान गरीएको छ । प्रौढ भलिवल खेलमा संघको नेतृत्व गर्दै धेरै ठाउँवाट पुरस्कार जित्न सफल हुनुभएका टिम क्याप्टेन मिन वाहदुर तिलिजा ज्युको समग्र टिमलाई पनि सम्मान गरीएको छ ।

संघलाई सामाग्री हस्तान्तरण गर्ने सहयोगी र आर्थीक सहयोग गर्ने निर वाहदुर पुर्जा पुन लगाएतका सहयोगीलाई पनि सम्मान गरीएको छ ।
संघ २०७३ सालमा स्थापना भएको हो । संघका अध्यक्ष गुम वा पुनको अध्यक्षतामा समपन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा कुश्मा नगरपालिका ६ का अध्यक्ष ईश्वर गिरी,आदिवासी जनजाति माहसंघ पर्वतका अध्यक्ष तथा नेपाल मगर संघका केन्द्रिय सदस्य सोम पुन मगर,नेपाल मगर संघ पर्वतका अध्यक्ष गणेश पुन मगर,पुन युवा कल्वका संस्थापक अध्यक्ष जिवन पुन मगर लगाएतका अन्य संघ संस्था विभिन्न सामाजिक,राजनितिज्ञ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा क्या दुर्गा वा पुन,सल्लाहकार सुवदार भिम वाहदुर तिलिजा,सल्लाहकार अमकुमारी पुन, पुन युवा कल्वका संस्थापक अध्यक्ष जिवन पुन मगर नेपाल मगर संघ पर्वतका अध्यक्ष गणेश पुन मगर, नेपाल आदिवासी जनजाति माहसंघ पर्वतका अध्यक्ष तथा नेपाल मगर संघका केन्द्रिय सदस्य सोम पुन मगर र कार्यक्रमका प्रमुख अतिथी कुश्मा नगरपालिका वडा नं ६ का अध्यक्ष ईश्वर गिरी लगाएतले आफ्ना धारणा सहित शुभकामना मनत्व्य राख्नुभएको थियो ।

संघका उपाध्यक्ष दिल वाहुर चोचाङीको स्वागत मनत्व्य रहेको उक्त कार्यक्रममा,संघको प्रतिवेदन र कार्यक्रमको सन्चालन सचिव पृथ पुनले गर्नुभएको थियो ।

[sidebar name="After post"]