सागर सुनार रसाइलीको `मनमुटुमा’ लोकगित सार्वजनिक हुने तयारी, मंसिर २६ मा रिलिज हुँदै

109
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

पर्वत । काठमाडौँ कन्ट्रक्टिङ र स्मृति गार्मेन्टको प्रस्तुतिमा तयार भएको सागर सुनार रसाइलीको नयाँ लोकदोहोरी गित ‘मनमुटुमा’ आगामी मंसिर २६ गते शुक्रबार सार्वजनिक हुने भएको छ। गित `कुलेन्द्र बिश्वकर्मा´ युट्युब च्यानल मार्फत सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।

गितमा शान्ति श्री परियार र अनिल बि.क को स्वर रहेको छ भने लय तथा संगीत अनिल बि.क ले भरेका छन्। गीतका शब्द स्वयं सागर सुनार रसाइली ले लेखेका हुन्।

गीतको अभिनयमा स्मृति थापा र सागर सुनार रसाइली देखिन छन्। भिडियोको निर्देशन कृष्ण सेन्चुरी ले गरेका छन् भने क्यामेरामा भबिन तामाङ र प्रेम गिरि को काम रहेको छ।

एरेन्ज झलक संगीतम, मिक्सिङ/माष्टरिङ सन्जय श्रीपाल, रेकर्डिङ गोविन्द वली, रमेश नेपाली र दिवस थापा मगर द्वारा गरिएको हो। गीतको रेकर्डिङ काठमाडौँस्थित मुर्चुङ्गा डिजिटल तथा पोखरास्थित बाँसुरी डिजिटल स्टुडियोमा सम्पन्न भएको निर्माण टिमले जनाएको छ। भिडियो सम्पादन रोशन धिताल ले गरेका छन्।

निर्माण पक्षका अनुसार ‘मनमुटुमा’ एल्बमले प्रेम, भावनात्मक स्पर्श र आधुनिक शैलीको समिश्रण प्रस्तुत गर्नेछ।

[sidebar name="After post"]